साहित्य चौतारीको अध्यक्षमा हस्त परियार

0
साहित्य चौतारी झापाको नव निर्वाचित कार्य समिति, संरक्षकका साथमा ।

बिर्तामोड । साहित्य, संस्कृति र कला क्षेत्रको उन्नयनमा क्रियाशील झापाली साहित्य संस्था साहित्य चौतारी बिर्तामोड झापाको अध्यक्षमा गीत संगीतकर्मी हस्त परियार चयन हुनुभएको छन् ।
संस्थाको शनिवार भएको २२औं साधारणसभाको बन्द सत्रले परियारको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्ष कृष्ण सुवेदी निराकार (साहित्य), दीपक रायमाझी (संगीत), विमला चिमरिया (कला), सचिव खगिन्द्रा खुशी, सहसचिव देवीचरण भण्डारी र कोषाध्यक्षमा भवानीप्रसाद गौतम रहनुभएको छ ।
त्यसैगरी सदस्ययहरुमा कमला नेम्वाङ, सुनिता तामाङ, युवराज पोर्तेल, जीवन धिताल, टिका भट्टराई नेपाल, तुलसीप्रसाद भट्टराई, रिता उप्रेती संग्रौला, केपी घिमिरे र चित्रा पौडेल कोइराल चयन हुनुभएको छ । .
संःथापक अध्यक्ष शिवशंकर थापा संयोजक र कृष्णप्रसाद पौडेल, अनिरुद्र ओली, राजेन्द्रप्रसाद संग्रौला र भवानी क्षेत्री सद:य रहेको निर्वाचन समितिले निर्वाचन गरेको थियो । अध्यक्ष टंक काफ्ले विकल्पको अध्यक्षता तथ संस्थापक तथा संरक्षक देवीभक्त श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संगीततर्फको उपाध्यक्ष कृष्ण योञ्जनले स्वागत गर्नुभएको थियो । कर्यक्रममा संस्थाका संसक्षक उर्मिला बिमली श्रेष्ठले पनि शुभकामना मनतव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा निर्वाचन समितिका संयोजक थापाले नवनिर्वाचित पदाधिकारीह?लाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा विकल्पले अध्यक्षको प्रतिवेदन, गौतमले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने संस्थाको गतिविधि र भावी कार्ययोजना बारे संस्थापक तथा संरक्षक श्रेष्ठले प्रकाश पार्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here