देशमा एकता र मेलमिलापको खाँचो

0
20

आजभन्दा ४४ वर्ष अघि नेपाली राजनीतका शीखर पुरुष, जननायक बीपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर भारत निर्वासनबाट स्वदेश (नेपाल) आउनुभएको थियो । तत्कालिन राजा महेन्द्रले २०१७ साल पुस १ गते दुईतिहाई बहुमतले निर्वाचित प्रजातान्त्रिक सरकारलाई सैन्य बलमा अपदस्त गरेर संसद् बिघठन गर्नुभएको थियो भने प्रधानमन्त्री बीपी, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई लगायतका हजारौं नेता, कार्यकर्तालाई जेलमा राख्नु भएको थियो । लामो कारावासपछि बीपी राष्ट्रिय, अन्तर्राष्ट्रिय दवावमा कारावासमुक्त भएपछि भारतमा निर्वासनमा जानुभएको थियो । बीपीका थुप्रै अनुयायी प्रजातन्त्रवादीहरु प्नि देशभित्र बूनसक्ने वातावरण नभएपछि भारतको वनारसमा निर्वासित भएका थिए । त्यो वेला राजाले राजाले संसद् बिगठन गरेर सम्पूर्ण सत्ता आफ्नो हातमा लिनुभएको थियो भने अहिले वर्तमानमा नेकपाका पहिलो दर्जाका अध्यक्ष तथा दुइतिहाई मतबाट अनुमोदन हुनुभएका प्रधानमन्त्री केपी ओलीले सम्पूर्णसत्ता आफ्नो हातमा लिएर सर्वसत्तावाद लाद्ने दुष्प्रयास गरिरहेको दुःखदायी अवस्था छ ।
राजाले राजनैतिक कारण देखाएर नेताहरुलाई जेल हालेको अवस्था थियो त्यो वेला भने अहिले ओलीले आफ्नो नियन्त्रणमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दूरुपयोग गरेर आफ्नो बिरोधमा आउनेहरुलाई भ्रष्टाचारको आरोपमा जेल कोच्ने तयारी भइरहेको चर्चाहरु बजारमा आइरहेका छन् । सुविधाजनक बहुमत हुँदाहुँदै संविधानमै नभएको व्यवस्थालाईसमेत ख्याल नगरी राष्ट्रपतिसँगको सेटिङ्गमा प्रतिनिधिसभा जुन बिघठन गरिएको छ, सर्वोच्च अदालतले चाँडो यसको न्याय निरुपण गरेन भने देश बिग्रह, बिभानज र बिनाशको बाटोमा जानेछ र नेपालको राजनीतिलाई सही बाटोमा ल्यउन नेपाली जनताले फेरि एकपटक कठोर संघर्ष गर्नुपर्ने अवस्था आउनेछ । त्यसंले संविधानको व्याख्याता सर्वोच्च अदालतले संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षाका लागि उचित न्यायिक फैसल ागर्नेछ भन्ने बिश्वासमा जनताले बस्नुपर्ने अवस्था छ । तर ओलीको असंवैधानिक कदमको बिरोधमा जनतालाई सचेत गराउने कार्यमा देभक्त, बुद्धिजीवी, स्वाभिमानी नेपालीले लेखेर, बोलेर, बिभिन्न मञ्चहरुबाट, सडकबाट निरन्तर सचेतना र खबरदारी गरिरहनु पनि उतिकै आवश्यकता छ ।
देशमा अहिले बिभाजन र बिग्रह होइन, एकता, मेलमिलाप र सहकार्यको आवश्यकता छ । यसका लागि जनताबाट निर्वाचित भएर सत्तामा पुगेकाहरुले राजकीय शक्ति आफूमा भएको भ्रमबाट मुक्त हुन जरुरी छ । लोकतन्त्रमा राजकीय सार्वभौमसत्ता जनतामा निहित रहन्छ भन्ने कुरालाई सत्ताधारीले हेक्का राखेर सोही मुताविक कर्यसम्पान गरी जनसेवामा जुटने हो भने धेरै बिवाद र बिग्रहहरु ऋाफैं समाधान भएर जानेछन् । याहँ एउटा कुरा के उल्लेख गर्न जरुरी छ भने राजा र बीपीका बीचमा बिभाजन र बिग्रह ल्याएर राष्ट्रियता कमोर पार्ने खेल भइरहेको जब बीपी थाहा पाउनुभयो, फाँसीको सजाय हुने लगायतका दर्जनबढी मुद्दाहरु अदालतमा हुँदाहुँदै मेलमिलापको नीति लिएर २०३३ सालमा बीपी नेपाल आउनुभएको थियो । आफ्नो दुइतिहाई बहुमतको सरकार अपदस्त गर्ने, प्रजातान्त्र मास्ने निरंकुश फासिष्ट पञ्चायती व्यवस्था लागू गर्ने राजाको क्रुर तानशाही कदमको बिरोधमा आफ्नो असहमति र आन्दोलन यथावत राख्दाराख्दै देशको राष्ट्रियता जोगाउन बीपी स्वदेश फिर्ता आउनुभएको बिषम अवस्थालाई आज प्रत्येक राष्ट्रवादी नेपालीले मनन् गर्नुपर्ने हुन्छ ।
भारतले स्वतन्त्र सिक्कम देशको राष्ट्रियता समाप्त पारेर आफूमा बिलय गरेको र नेपालमाथि पनि त्यही चक्र चलाउन राष्ट्रिय राजनीतिका शक्तिहरुकाबीचमा बिभाजन र बिग्रह बढाउन लागेको चालपाएपिछि चतुर र दूरदर्शी राजनीितज्ञ बीपी कोइरालाले आफ्नो जीउ ज्यानको पर्वाह गर्नुभएन । उहाँ अनेक अवरोध र जोखिमकाबीच स्वदेश आएर नेपालको राष्ट्रिय अखण्डतामा निर्वाह गर्नुभएको भूमिलाई आज देश रजनताकाप्रति थोरैपनि माया भएको व्यक्ति वा शक्तिले स्मरण गर्नु आवश्यक छ । त्यसैले देश जोगाउनु छ भने सबैले एकता र मेलमिलापको बाटो रोज्नुपर्ने, खोज्नुपर्ने आवश्यकता छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here