बिर्तामोड । सर्वहारावर्गको एकदलीय अधिनायकवादी शासनको स्कूलिङबाट हुर्किएका नेपालका कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहनुभएका केपी ओलीले जननिर्वाचित संसद्लाई हठात बिगठनको सिफरिस गर्नुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा जारी मन्त्रिपरिषदको आकस्मिक बैठकको सिफारिसबाट संसद विघटनको सिफारिस गर्नुभएको हो । मन्त्रिपरिषदको बैठकबाट बाहिरिए ओली संसद बिघटनबा सिफरिष लिएर राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पुग्नुभएको थियो ।
प्रधानमन्त्री ओलीले आइतबार बिहान बिहान १० बजे मन्त्रिपरिषदको आकस्मिक बैठक राखेर संसद बिगठनको सिफारिष गर्नुभएको थियो ।
वैशाखमा मध्यावधि चुनावको प्रस्ताव
बिर्तामोड । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो वैशाखको अन्तिम साता मध्यावधि निर्वाचन गर्न प्रस्ताव गर्नुभएको अति नै भरपर्दो सूत्रबाट थाहा हुन आएको छ ।
आज पुस ४ गते आएतबार बिहान संसद विघटनका लागि मन्त्रिपरिषदको सिफारिससँगै निर्वाचनको मितिसमेत तोकेर प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न जानुभएको थियो ।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीले वैशाख २९ गते चुनाव गर्ने मिति राखेका छन्। निर्वाचनको मिति तोकिएको भए पनि यो समाचार तयार पार्दासमम आधिकारिक मिति सार्वजनिक भएको छैन ।
