निकम्मा सरकारबाट देश र जनतको भलो हुदैन

0
62

नेपाली जनतालाई दुःख कष्टमा साथ नदिई करमात्र संकलनमा मस्त र ब्यस्त रहेको गरीब सर्वहाराको कम्युनिष्ट सरकारले कोरोना कहरका बीच जनताको जीऊ ज्यानको सुरक्षामा कुनै चासो त राखेन नै, आफैं उपचार गर । नसके मर भनेर पन्छियो पनि । तर महामारी र महासंकटमा जनताको जीउ धनको सुसरक्षा राज्यको दायित्व अन्तर्गत पर्नेहुँदा सबै उपचार सरकारले नै गर्नुपर्ने भनी परेको रिट निवेदनउपर फैसला गर्दै सर्वोच्च अदालतले सरकार जनताको उपचारबाट पन्छिन नमिल्ने र सबै उपचार गर्नुपर्ने फैसला गरेपछि बाध्य भएको सरकारले उपचारका नाममा झारा टार्ने र पार्टीगत आधारमा सेवा सुविधा उपलब्ध गराउने घोर पक्षपातपूर्ण र अमानवीय व्यवहार कम्युनिष्ट सत्ताबाट भोग्नुपरेको पीडा छ नेपाली जनताका मनमा ।
हावादारी उटपट्याङ गफ, उखान टुक्का र ठट्टा रमाइलो अनि घोचपेच, अपमान अर्काको बेइज्जतिमै रमायो ओली नेतृत्वको कम्युनिष्ट सरकार । यो सरकारले बिकास निर्माण र समृद्धिको नारालाई नारामै सीमित पारेको छ । न यसले घर मिलाउन सकेको छ , न प्रतिपक्ष र छिमेकी मित्रराष्ट्रहरु नै । सन्तुलित शाान्त कुटनिितलाई उरन्ठेउलो गतिविधिले बिटुल्याएको छ । आज चीन र भारत दुवै छिमेकी मित्रराष्ट्रहरु नेपालबाट सुरक्षा मामलामा सशंकित बनेका छन् । गरीबले न्याय र रोजगारी पाएको छैन । माफिया, तस्कर र बिचौलिया दलालहरु पोषिएका छन्, मोटाएका छन् । किसानले खेतीको मध्य सिजनमा खेती बालीमा हाल्ने लगाउने मल पाएका छैनन् । भ्रष्टाचारमा नेपाल एशियाका १७ देशमध्येको नम्बर १ मै परेको प्रतिवेदन त बिश्वप्रसिद्ध अन्तर्राष्ट्रिय संस्था टा«न्सफरेन्सी इन्टरनेशनलले सार्वजनिक गरिसकेको छ ।
देशमा रोजगारी छैन, बेरोजगारीले सताइएका युवाहरुमा डिप्रेशनको जोखिम बढदै गएको छ । देशमा धनीमानी, शोषक, सामन्त, दलाल लुटेराहरु कम्युनिष्टको खोल ओढेर मालालमाल भएका छन् । तर श्रमजीवि गरीब वर्गको गाँस बासको ठेगान छैन, शिक्षा स्वास्थ्यको कुरै नगरौं । हिजोका दिनमा धनीको सम्पत्ति खोसेर गरीबलाई बाँढ्ने आश्वासन दिएर भोट बटुलेका कमयुनिष्टहरुले आगामी आम चुनजावमा कसरी जनताकाबीचमा जानेहुन्, त्यो त उनीहरुको बिषय हो । तर ढाँट, छल र धोखाधडीबाट आजीत भएका जनतामा लोकतान्त्रिक व्यवस्थामै बितृष्णा उत्पन्न हुने हो कि भन्ने अर्को खतरा भने उत्पन्न भएको छ । सरकारको नेतृत्व गरेका केप ीओली र यो कम्युनिष्ट सरकार नालायक भएको कुरा प्रमाणित भइसक्यो । यसलाई अब थप प्रमाण र पुष्टिको आवश्यकता नै छैन । किनपनि भने सत्तारुढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले ओली सरकार भ्रष्ट र निकम्मा भएको लिखित दस्तावेज नै पार्टी स्थायी समितिमा पेश गरिसकेको र त्यसमाथिको छलफलमा केपी ओली बाध्यात्मकरुपमा सहभागी भएको वर्तमान अवस्थाले यो निकम्मा सरकारबाट देश र जनताको भलो, हित हुन नसक्कने निश्चितप्रायः भएको छ । २०७७ मंसिर १७ गतेको सम्पादकीय टिप्पणी ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here