त्यो कालो दिनले खोसेको भविश्य

0

नेपालको राजनीतिक इतिहासमा पुष १ गतलाई नेपाली जनताको भाग्य र भविश्य खोस्ने कालो दिनकोरुपमा लिने गरिन्छ । बिसं. २०१७ साल पुष १ गते प्रथम जननिर्वाचित सरकारलाई अपदस्त गरी सैन्यबलमा प्रजातन्त्रको हत्या गरेर तत्कालिन राजा महेन्द्रले निरंकुशता लादेको दूर्भागयको दिन हो । जहाँनिया निरंकुश राण शासन हटाएर प्रजातन्त्र स्थापना गरी नेपाली जनतालाई मुक्ति दिलाउने दुईतिहाई बढी बहुमतले निर्वाचित सरकारलाई डकैतिको शैलीमा अपदस्त गरेर नेपाली काँग्रेसलाई प्रतिबन्ध लगाउँदै तानाशाही नलादेको भए आज हाम्रो देश एशियाको समुन्नत, समृद्ध मात्र होइन, एशियाकै बिकसित मुलुकको दाँजोमा पुग्ने थियो । जनताले राजनीतिक प्रणली र स्थिरताका लागि दसकौं संघर्ष गरिरहनु पर्ने थिएन । देशले बिकासको गति समाउने थियो । शासन प्रणली कस्तो बनाउने भन्ने सवालमा नेपालले सात दशक गुजार्नु प¥र्यो र फेरि आधुनिक नेपालका परिकल्पनाकार बीपी कोइरालाले प्रतिपादन गर्नुभएको प्रजातान्त्रिक समाजवादी राज्य चरित्रको स्थापनको अभ्यास कायम भएको छ ।
नेपालको प्रजातन्त्रमाथि बारम्बार हमला भएको छ । कहिले राजाबाट त कहिले कम्युनिष्टहरुबाट । माओवादीले १० वर्षे शसस्त्र द्वन्द्वको समयमा प्रजातन्त्रको आधारभूत स्तम्भहरुमाथि धावा बोल्यो, हमला ग¥यो । आखिर माओवादीहरुपनि एक दलीय कम्युनिष्ट अधिनायकत्वबाट लोकतान्त्रिक प्रणलीमा आए भने बंश परम्पराका आधारमा माहाराजाधिराजको अधिनायकत्वमा शासन हुनुपर्छ भन्ने राजावादीहरु पनि लोकतन्त्रको महामार्गमा निर्वाध यात्रा गर्न आइपुगेका छन् । कम्युनिष्टहरुको सर्वसत्तावादी सर्वहारावर्गको अधिनायकत्वमा सबैलाई राजनीति गर्ने, राजनीतिमा सहभागी हुने अधिकार हुँदैन भने राजा, महाराजाहरुको एकलौटी शासनमा पनि आम जनतालाई फरक मतसहितको राजनैतिक, मौलिक तथा मानवाधिकार हुँदैन । संसारमा एक जमाना मध्ययुगिन दाशताको समयमा राजा, महाराजाहरुले बाहुबल, शस्त्र, अस्त्रको दलमा शासन गरेका थिए भने कम्युनिष्टहरु पनि सत्ताको प्राप्ति र समाप्ति बन्दुकको नालबाट मात्र संभव छ भन्ने रुढ मानसिकता, सोचाई अनि नीति कार्यक्रमहरुबाट परिचालित थिए । तर इतिहासले यी सबै गलत मान्यतालाई कहिल्यै स्थापित हुन नसक्ने गरी मिल्काईदिएको छ ।
नेपाली काँग्रेस लगायत बिश्वका प्रजातान्त्रिक समाजवादमा बिश्वास राख्ने राजनैतिक दलहरुले शासनसत्ता र शक्तिको श्रोत जनता नै हुन् । जनताको अभिमतबाट मात्र सत्तामा जान र बाहिरिन सकिन्छ, कोही कसैलाई बंश परम्परा वा बाहुबलका आधारमा शासनसत्ता सुम्पन सकिन्न भन्ने आधुनिक र सभ्य चेतनालाई आफ्नो मार्गदर्शक सिद्धान्त बनाए । तर काजोर चेतनस्तर भएका अबिकसित, पछौटेपन र गरीबीको जाँतोमा पिल्सिएका जनताको सुसुप्त चेतनामाथि निरंकुशतावादीहरुले भ्रमजाल बिच्छ्याएर तिम्रो मुक्तिदात मँ नै वा हामी नै हौं भनेर अधिनायकवाद स्वीकार्न बाध्य बनाए केही समय । जब शिक्षा र चेतनको स्तर जनतामा बढदै गयो, राजतन्त्रले पनि आफूलाई बदलेर लोकतान्त्रिक अभ्यासमा समाहित गराउन थाल्यो भने कम्युनिष्टहरु पनि एकदलीय अधिनायकवादी सोचबाट पछि हट्दै बहुदलीय प्रतिष्पधालाई स्वीकार्न आइपुगे अर्थात नेपालको सन्दर्भमा नेपाली काँग्रेसले स्थापनाकालदेखि उठाँउँदै आएको जनताबाट निर्वाचित प्रतिनिधिहरुद्वारा गरिने शासनप्रणालीको बाटोमा यी दुवै अतिवादी अलोकतान्त्रिक शक्तिहरुपनि रुपान्तरित भएर आए ।
यसैबीचमा राजा बिरेन्द्रको बंश बिनासपछि बंश परम्पराका आधारमा संवैधानिक राजतन्त्रभित्र राजा भनने सुवर्ण अवसर पाएका बिवादित छविका बिरेन्द्रका माइला भाइ ज्ञानेद्रलाई आफ्नो पिता महेन्द्रकै जस्तो एकलौटी शासन गरेर राजाबाट माहाराजा बन्ने भूत सवार भयो, तब नेपालबाट शाहबंशीय राजतन्त्रको अन्य भयो । हिजो राजाको शासनकालमा प्रजातन्त्रवादी र फरक बिचार, आस्था राख्नेहरुमाथि चरम दमन गरिन्थ्यो । तर आज राजावादीहरु पनि, अनि स्वय्म पूर्वराजा ज्ञानेन्द्र पनि निर्वाध आफ्ना भनाइ राख्न पाइरहेका छन् । लोकतन्त्रको उदारभाव यही झल्कन्छ । तर यही बीचमा सत्ताम पुगेका कम्युनिष्टहरुको बेला बेलाको अधिनायकवादी स्कूलिङको प्रभावका कारण लाकतान्त्रिक अधिकारहरुमाथि अंकुश लगाउने अनेक हर्कत हुनेगरेका छन् । जनताले कम्युनिष्टसत्ताले गरेका कुशासन, भ्रष्टाचार, दमन, अनियमितताको हिसाब राखेकै छन् । र यो आगामी निर्वाचनबाट यसको फैसला हुने नै छ । नेपालको इतिहासमा पुष १ गते कहिल्यै नदोरियोस । यो दिन नेपाली जनताको भाग्य र भविश्य खोसिएको दुर्भाग्यको दिन थियो । २०७७ पुष १ गतेको सम्पादकीय टिप्पणी ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here