सचिवालय बैठकमै ओली(प्रचण्डबीच झम्टाझम्टी, प्रचण्डको प्रशन ओलीलाई, तपाईं को हो ?

0
104

बिर्तामोड । नेपाल कम्युनिस्ट पार्टी नेकपा सचिवालयको मंगलबारबालुवाटारमा विवाद समाधान गर्न बसेका बैठका दुईअध्यक्षबीच झन भयंकर झम्टाझम्टी र घम्साघम्सी भएको छ ।
यसअघि मसिंर ३ गते कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका केपीशर्मा ओलीविरुद्ध १९ पेजकोप्रस्ताव पेश गर्नुभएको थियो । प्रचण्डको प्रस्तावको काउन्टरमा ओलीले पनि १३ गते ३८ पेजको प्रस्ताव पेश गर्नुभयो । एक अर्कालाई संगीन र गम्भिर प्रकृतिको आरोप लगाइएका ती पत्रहरुमा व्यक्तिगत रुपमा समेत एकले अर्कोलाई होच्याउने र अपमानित गरेको भनी नेकपाका दुवै अध्यक्षले तीब्र असन्तुष्टि जनाउँदै आउनुभएको छ । दुवैको प्रस्तावले नेकपाको आन्तरिक विवाद झनै बढाएपछि दुवैको प्रस्तावमाथि छलफल गर्न मंगलबार बैठक बसेको थियो ।
बैठकमा प्रचण्डले आफूमाथि लगाएको गम्चिर आरोप पत्रमाथि छलफलको कुनै औचित्य नरहेको ओलीले बताएपनि दुवै प्रस्तावमाथि छलफल हुनुपर्नेमा आली र बिष्णु पैडेल बाहेकका सबै सातैजना सचिवालय सदस्यहरुले दवाव दिएपछि छलफलका लागि ओली सहमत हुनु भएको थियो । सचिवालयमा केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम, रामबहाुर थाप बादल, बिष्णु पौडेल, इश्वर पोरेल र नारायणकाजी श्रेष्ठ रहनुभएको छ ।
तर बैठकमा पनि दुई अध्यक्षबीच झनै बढी विवदा भयो । ओलीले बैठकमा आरोपपत्रमाथि छलफल हुन सक्दैन, फिर्ता हुनुपर्छ भनेपछि चर्काचर्की सुरु भएको बताइएको छ । ओलीको यस्तो धारणामा प्रचण्डले तपाईं को हो, मैले ल्याएको प्रस्ताव फिर्ता हुनुपर्छ, छलफल हुँदैन भन्ने ? भन्दै प्रतिवाद गर्नुभएको समाचार स्रोतले जनाएको छ ।
त्यसपछि ओलीले सीमा र मर्यादामा रहन भन्दै रुलिङ गर्न प्रयास गरेपछि प्रचण्डले यहाँ कसैले कसैलाई रुलिङ गर्न मिल्दैन, कमिटीमा सबैको हैसियत बराबर हो । कमिटीले जे भन्छ त्यसैगरी अगाडि बढ्छ । साथीहरू के भन्नुहुन्छ यसमा रु भन्दै प्रश्न गरेपछि बैठकमा दुवै अध्यक्षको प्रतिवेदनमाथि छलफल गर्नुपर्ने समझदारी बनेको थियो ।
शुरुमा बैठक बस्नै नमान्नुभएका प्रधानमन्त्री ओलीले पार्टी कार्यालय धुम्बराहीमा असुरक्षका कारण प्रधानमन्त्री निवास बालुटारमै बैठक राखेमात्र आफू सहभागी हुने बताएपछि मंगलबार बसेको हो । बैठकमा अध्यक्ष ओली र दाहालले आ–आफ्नो धारणा राखेको र अन्य सदस्यहरूले छोटो रूपमा सामान्य धारणा राखेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here