झिलझिले । अन्रजातीय बिवाह गरेपछि अलपत्र परेकी शिवसताक्षी ११ दुधेकी भीमाकुमारी चौधरी (राई) परिवारको घर नेपाली काँग्रेसले बनाइदिने भएको छ । घर निर्माणका लागि नेपाली कांग्रेस ११ नम्बर वडा समितिले जग्गा दिने घोषणा गरेको छ ।
जग्गा दिने दाता भए नेपाली कांग्रेस नगर समितिले घर बनाइदिने घोषणा गरेको भोली पल्टैे पार्टीको ११ नम्बर वडा समितिले जग्गा दिने निर्णय गरेको हो । ०५९ सालमा दुधेका रामबहादुर राईसँग अन्तर्जातीय विवाह गरेकी भीमाका श्रीमान्को सडक दुर्घटनामा परेर मृत्यु भएपछि परिवारले बेवास्ता गर्दा चौधरी २ जना छोराछोरीसंग माईतमा बस्दै आउनुभएको थियो ।
वडा समितिका सभापति अशोक बस्नेतका अनुसार स्थानीय लेखबहादुर कार्कीले जोतभोग गर्दे आएको १० धुर जग्गा चलन चल्तीको मुल्य लगाएर वडा समितिले खरिद गरेको हो । नेपाली कांग्रेसको नगर समितिले उक्त जग्गामा भीमाकुमारी चौधरी (राई) परिवारको व्यवस्थापनका लागि घर निर्माण गर्ने वडा सभापति बस्नेतले बताउनुभयो ।
वडा समितिले आईतबार जग्गा खरिदका लागि प्रकृया अघि बढाएको छ । समाचार श्रोतका अनुसार २ लाख ५० हजारमा वडा समितिले जग्गा खरिद गर्ने निधो गरेको हो । उक्त जग्गामा भीमा कुमारीका लागि एटेच टोइलेट बाथरुम, भान्सा कोठा सहित अन्य २ कोठाको पक्की घर निर्माण हुने नगरका उपसभापति विनोद ढकालले जानकारी दिनुभयो ।
आईतबार पार्टी सभापति ढुँगाना, उपसभापति ढकाल, नगरका कोषाध्यक्ष दुर्गा प्रसाद भट्टराई, ११ नम्बर वडाका सभापति अशोक बस्नेत, वडा सचिव मदन राई, महिला नेतृ निर्मला प्रधान लगायतको टोलीले वडा समितिले खरिद गर्ने जगगाको स्थलगत निरीक्षण गरेका गर्नुभएको थियो । पार्टीका तर्फबाट स्रोत जुटाएर चाँडै चौधरीको धर निर्माण गरि हस्तान्तरण गरिने शिवसताक्षी कााग्रेसले जनाएको छ ।
