राज्य कमजोर हुँदा जनता टुहुरा जस्तै

0

काठमाडौं । पूर्वराजा ज्ञानेन्द शाहले राज्य कमजोर हुँदा नेपाली जनता टुहुरा जस्तै भएको बताउनुभएको छ । उहाँले संकटको अहिलेको समयमा अभिभावकले खेल्नुपर्ने भूमिका नेतृत्वले नखेलेको बताउँदै नेपाली जनता अभिभावकबिहीन बनेकामा पीडाबोध भएको बताउनुभएको हो ।
‘संकटको घडीमा अभिभावकको क्षमता र हैसियत स्पष्ट हुन्छ भन्ने आम मान्यताका आधारमा हेर्दा सबै नेपाली जनता अभिभावक बिहिन टुहुरा बनेको पीडाबोध यति बेला हुँदैछ’, पूर्वराजा ज्ञानेन्द्रद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
प्राकृतिक विपत्ति मानववशको कुरा नभएको हामी सबैले बुझेका छौं तर विपत्तिसँग भिड्दा नागरिक जीवन सहज र सुरक्षित बनाउने व्यवस्थापकीय कौशल जिम्मेवार पक्षबाट प्रस्तुत हुन नसक्दा आम जनताको दैनिक जीवन अत्यन्त कष्टकर बन्दै गएको उहाँको भनाइ छ ।
दसैंको अवसरमा शुभकामना दिँदै पूर्वराजाले हर्षोल्लासका साथ विजयादशमी मनाउने अवस्था नरहे पनि शुभकामना भने दिन सकिने बताउनु भएको छ । कम्युनिष्ट सरकार अलोकतान्त्रिक हुने र जनता यो सरकारसँग असनतुष्ट रहेको पूर्वराजाले बताउँदै आउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here