प्रधानमन्त्रीद्वारा राष्ट्रपतिबाट टीका ग्रहण

0
135

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शीतल निवासमा पुगेर राष्टपति विद्यादेवी भण्डारीको हातबाट टीका ग्रहण गर्नुभएको छ । प्रधानमन्त्री ओलीलाई राष्ट्रपतिले टीका र जमराको माला लगाइदिनुभएको थियो ।
सोही क्रममा प्रधानमन्त्रीकी पत्नी श्रीमती राधिका शाक्यले पनि राष्ट्रपतिबाट दशैँको टीका र जमराको माला ग्रहण गर्नुभएको थियो ।
राष्ट्रपति भण्डारीबाट टिका ग्रहण गर्नुअघि प्रधानमन्त्री ओलीले आफ्ना पिता मोहन प्रसाद ओली गृहजिल्ला झापामा रहेकाले आफ्नो निवासमा प्रथम महिला राधिका शाक्यलाई मात्र दशैंको टीका लगाइदिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here