रअका प्रमुखलाई भेटेपछि, ओली राष्ट्रवाद महाकालीको पानीमा बग्यो

0
122
भारतीय खुफिया एजेन्सीका प्रमुख सामन्त गोयल र नेपालका प्रधानमन्त्री केी ओली ।

बिर्तामोड । भातीय खुफिया एजेन्सीका प्रमुख सामन्तकुमार गोयललाई नेपालका वर्तमान प्रधानमन्त्री केपी ओलीले प्रधानमनत्री निवासमा सुटुकक एकदिनभर भेटवार्ता गरेको कुराले आलीको राष्ट्रवाद महाकाली संन्धीबाटै पानीमा बगेको चर्चा यतिवेला फेरि चुलिएको छ ।
गत असार १० गते नेकपाको स्थायी समितिको बैठक शुरु भएको थियो । त्यस बैठक स्थगित भएको थियो । त्यही बेला असार १४ गते मदन जयन्तीका अवसरमा वालुवाटारमै आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले भारतको ईशारामा आफ्नै पार्टीका नेताहरुले राजीनामा मागेको सार्वजनिक अभिव्यक्ति दिए पछि पार्टीमा बबण्डर शुरु भयो ।
त्यस पछि फेरी बसेको स्थायी समितिको बैठकमा प्रचण्ड, माधव नेपाल सहित बहुमत स्थायी समिति सदस्यले प्रधानमन्त्री ओलीले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष दुबै पदबाट राजीनामा दिन माग गरे पछि लगभग भदौ अन्तिम सम्म स्थायी समितिको बैठकै अवरुद्ध हुँदै गयो ।
बालुवाटारमै भएको बैठकमा पार्टी अध्यक्ष स्वयं ओली उपस्थित समेत भएनन् । पार्टी एक हिशाबले फुटको दिशातिर गयो । विदेशी शक्ति ( भारत ) को डिजाईनमा राजीनामा मागिएको भन्दै ओली पक्षले देशभर नाराबाजी पनि गर्यो ।
अन्ततः भदौ अन्तिममा नेताहरु पुनः सहमतिमा गए । पार्टी एकताका बाँकी काम गर्ने, मन्त्रीमण्डल पुनर्गठन गर्ने, सरकार ओलीले सञ्चालन गर्ने र पार्टी प्रचण्डले सञ्चालन गर्ने समझदारी पछि पार्टी फेरी एक ढिक्का त भयो ।
तर कर्णालीमा ओली पक्षले मुख्य मन्त्री बिरुद्ध अविस्वासको प्रस्ताव दर्ता गर्ने र मन्त्रीमण्डलमा पनि आफ्नै मात्र मान्छे हाले पछि ओली बिरुद्ध पुनः प्रचण्ड माधव नेपाल पक्ष सक्रिय हुन खोजेको देखिन्छ ।
लिम्पियाधुरा, कालापानी, लिपुलेकको नँया नक्सा सार्वजनिक, नाकाबन्दी बेलाका भारत बिरोधी अडानले तात्कालीन समयमा राष्ट्रवादी कहलिएका ओलीले अहिले बालुवाटारमै सुटुक्क भारतीय जासुसी संस्था रअका प्रमुखलाई भेटे पछि प्रचण्ड माधव पक्षले पुनः यसलाई मसला बनाउन शुरु गरेको छ ।
हिजो भारतीय सेनाको विमानबाट काठमाण्डौ आएका रअका प्रमुख सामन्त गोयलले प्रधानमन्त्रीलाई बालुवाटारमै भेट गरे पछि कुटनीतिक मर्यादा र मान्यता वितपरीत भएको भन्दै नेकपा भित्रबाट बिरोध शुरु भएको छ ।
प्रचण्ड पक्षका एक नेताका अनुसार यो ओलीले कुटनीतिक मुल्य मान्यता र आदर्श बिरुद्ध काम गरेको भन्दै भारतको एउटा कर्मचारीलाई निवासमा स्वागत गर्ने कुराले ओलीको कुटनीतिक कमजोरी स्पष्ट भएको छ ।
यस्तै माधव नेपाल पक्षका नेताहरुले पनि ओलीको यो कदमलाई ठूलो रहस्य र कमजोरीको रुपमा व्याख्या गरेका छन् ।
भारतले नेपाली भूमि फिर्ता गर्नुको साटो वार्ता गर्न समेत तयार भईनसकेका बेला ओलीले यसरी भेटघाट गर्नुको अर्थ सम्बन्ध सुधारको प्रयास भएको कतिपयले व्याख्या गरेका छन् ।
भारतीय सेना प्रमुख मुकुन्द नरवाणे कार्तिक १८ गते नेपाल आउनु पुर्व प्रधानमन्त्री स्वयंले रक्षा मन्त्रालयको जिम्मेवारी समेत आफैले लिएका छन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here