समुदायलाई निःशुल्क फिटनेस तालिम

0

स्वतन्त्र हुमागाँई
बिर्तामोड ।
तेक्वान्दोका राट्रिय खेलाडी झापा अर्जुनधाराका दिपेन धिमालले कोरानाको कहरबाट शारिरीक व्यायममार्फत समुदायलाई जोगाउन निशुल्क फिटनेस तालिम प्रदान गर्नुभएको छ ।
अर्जुनधारा वडा नं. ६ स्थित महानन्दचोकमा सञ्चालित मेची हेल्थ एण्ड फिटनेस सेन्टरमा हप्ताको प्रत्येक शनिवार समुदायका लागि निःशुल्क शारिरीक कसरत र व्यायमसहितको तालिम सञ्चालन गरिएको दिपेन धिमालले जानकारी दिनुभएको छ ।
प्रत्येक शनिवार समुदायमा शारिरीक स्वास्थ्यप्रतिको सचेतना जगाउन सेन्टरले सबै उमेर समुहका स्थानीयबासीलाई प्राथमिकतामा राखेको छ । व्यायमबाट शरीरमा स्फूर्ति बढनुका साथै आलस्य, अनिन्द्रा र दिक्दारी हटेर जाने, खानमा रुची आउने, पाचन प्रणाली मजबुद हुने भएकोले सबै उमेर समुहका मानिसले शारिरीक र स्वास्थ्य अवस्था अनुसार व्यायम गर्नु अति जरुरी भएको फिटनेस सेन्टरका सञ्चालक धिमालले बताउनुभयो ।
शरिरमा आन्तरिक शक्तिको बिकास गर्नुका साथै टाइप टु डाइवेटिज, मुटु रोग, छालाको क्यान्सर रोग लाग्नबाट जोगाउन पनि व्यायमको अति आवश्यकता भएकोले प्रयेक शनिबार मेची फिटनेस सेन्टरमा आई निःशुल्क सेवा लिन सेन्टर सञ्चालकले जनसमुदायमा अपिल गरेका छन् ।
नेपालका राष्ट्रिय खेलाडी धिमालले अन्तर्राष्ट्रिय प्रतियोतिगाहरुमा स्वर्ण पदक जितेर देशको शरि उच्च राख्ने कार्य गर्नुभएका २१ व्र्षिय धिमालले सन् २०२० बाट यो फिटनेस सेन्टरमार्फत युवा, युवतीका साथै सबै उमेर समुहका महानुभावहरुलाई शारिरीक व्यायम सिकाउदै आउनुभएको छ । ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here