भविश्यद्रष्टा बीपी कोइराला

0

दोस्रो बिश्वयुद्धको समाप्तिपछि बिश्वका कतिपय देशहरुमा सामन्तवादी, अधिनायकवादी, पारिवारिक हूकूमीशासनहरु चलिरहेका थिए । उपनिवेशवाद, जातिवाद, धार्मिक कट्टरता र नश्लीय सोचले बिश्लाई पुनः अर्कैखाले युद्धको मोर्चामा धकेलीरहेको थियो । यही परिवेशमा भारतबाट ब्रिटिस उपनिवेशवादका बिरुद्ध माहात्मा गान्धिले शान्तिपूर्णरुपमा अंग्रेजहरुलाई भारत छोडो आन्दोलन चलाउनुभयो भने त्यो आन्दोलनमा सहभागी भइ भारतमै पक्राऊ परेर जेल बस्नुभएका बीपी कोइरालामा पनि नेपालबाट जहानीया राणा शासनको अन्त्य नगरी देश र जनताको भलो हुन सक्दैन भनने ठानेर नेपाली काँग्रेस पार्टीैको गठन गरी राणा बिरोधी आन्दोनल चलाइएको इचिहास त सबैले पढेकै छन् । त्यसताका बीपी किन भारतीय स्वतन्त्रता संग्राममा सहभागी हुनुभयो । त्याहाँ जेल जानुभयो भयो ? भन्ने कतिपयमा अझैपनि जिज्ञासा रही आएको पाइन्छ । यसमा कुरो के छ भने भारतको ब्रिटिस कम्पनी (इष्ट इण्डिया कम्पनी) सरकारलाई नेपालका राणाहरुको सहउोग थियो । उनीहरुले ब्रिटिस शासन टिकाउन नेपालबाट युवाहरुलाई गोर्खा भर्तीमा पठाएर राणाहरुलाई फौजी सहयोग नै पु¥एका थिए ।
यसमा बीपी कोइरालाको फरक मत थियो । नेपालबाट राणा शासन हटाउनु छ भने सबभन्दा पहिला भारतबाट ब्रिटिस उपनिवेशवादी शासन हट्नुपर्छ र भारत स्वतन्त्र हुनुपर्छ अनिमात्र नेपालमा राणा शासन ढाल्न सबिन्छ भन्ने बीपीको बिश्लेषण रहेको थियो । नत्र त राणसँग जुध्नुभनेको ब्रिटिससँग युद्ध गर्नु सरहनै हुन्थ्यो । राणाको समर्थनमा ब्रिटिसले जस्तोसुकै सहयोग गरेपछि क्रान्ति सफल पार्न ज्यादै मुस्किल हुने ठानेर नै बीपीले भारत छोडो शानितपूर्ण आन्दोलनमा माहत्मा गान्धीलाई सहयोग गर्नुभएको हो । बीपी त्यो समयमा पनि कति चतुर, कुटनैति, बिश्लेषक र भविश्यद्रष्टा हुनुहुन्थ्यो भन्ने कुरा यही भारत छोडो आन्दोलनको सहभागिताले नै पुष्टि गर्दछ । आजभन्दा १०७ वर्ष अघि जन्मनुभएका आधुनिक नेपालका परिकल्पनाकार बपिी कोइरालाले नेपाली जनताको मुक्ति र देशको स्वाधिनताका लागि गर्नुभएको गौरवमय संघर्ष स्वर्ण अक्षरले सजिएर देशभक्र प्रत्येक नेपालीका मन मस्तिष्कमा सजिएर बसेको छ ।
हुन त बपिी जस्तो महान र देशभक्त राजनितिज्ञलाई समेत अनेक आरोपहरु लगाउने पमख०डीहरु हाम्र देशमा नभएका होइनन् । बीपीले अवलम्बन गर्नुभएको समाजवादी नीतिबाट बिचलित भएको तत्कालिन दरबारिया गिरोह र सामन्तवादको अवशेषले २०१७ सालमा प्रजातन्त्रमाथि खुनी हमला गरेर जनताको सर्वोच्चतासहितको प्रजातान्त्रिक शासन ढाले, खोसे, लुटे । यसको दुष्परिणाम देशले पञ्चायती निरंकुशताको जाँतोको तीन दशक पिसिनु प¥यो भने अहिले लोकतन्त्रको आवरणमा कम्युनिष्टहरुको अधिनायकवादी पिटिको रिहलसर्ल भइरहेको छ । झण्डै डेढ दशकदेखि नेपाल कम्युनिष्ट प्रभावबाट ग्रसित बनेको छ । लोकतन्त्रका आधारस्तम्भहरु स्खलित हुदै, पारिंदै लगिएको छ । लोकतन्त्रकै आवरणमा, लोकतन्त्रकै खोल ओढेर लोकतन्त्रको हुर्मत लिने काम कमयुनिष्टहरुले गरिरहेका छन् । तर बीपीले निर्माण गरेको समाजवादी पार्टी नेपाली काँग्रेसको नेतृत्व किंकत्र्तव्यबिमुढ बनेर बसेको छ । समाजवादको अगेनामा साम्यवादको रोटी कम्युनिष्टहरुले सेक्नलाग्दा काँग्रेसको अहिलेको नेतृत्व पूँजीवादको सारङ्गी रेटिरहेछ । यो कही कतै मेल खाइरहेको छैन । समाजवादबाट मात्रै नेपाल र नेपालीको हित हुनसक्छ, भविश्यद्रष्टा बीपीले यही भन्नुभएको थियो । बीपीको चिन्तन, सिद्धान्त र समाजवादी बाटोलाई नछोड काँग्रेसीहरु । २०७७ भदौ २४ को सम्पादकीय टिप्पणी ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here