बिर्तामोड । बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीले प्रकृतिक र अग्र्यानिक खाद्य पदार्थ जडीबुटीको उत्पादन र उपभोग गर्न नगरबासीहरुमा बिशेष आग्रह गर्नुभएको छ ।
अग्यानिक कोसेली घर बिर्तामोड ५ पाथीभराटोलको प्रथम वार्षिकोत्सवका अवसरमा आज (भदौ १४ गते) आयोजित एक समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख शिवाकोटीले भन्नुभयो ’’ हाम्रा पिता पुर्खाले पत्ता लगाएका प्रकृतिक जडीबुटीको प्रयोगले मानिस स्वस्थ रहन्छ, अनि स्वस्थ मानिसले सुखी नेपाली र समृद्ध नेपालको यात्रालाई अघि बढाउनसक्छ ।’’
बिषक्त खाद्य पदार्थको सेवनले बिर्तामोड क्षेत्रमा किडनी र क्यान्सरका रोगीहरु बढीरहेको अवस्थामा बिर्तामोड नगरपालिकाले बिषदीरहित अग्र्यानिक अभियान सञ्चलन गरेपछि अहिले यस क्षेत्रमा किडनी र क्यान्सरका रोगीको संख्यामा कमी आएको पनि मेयर शिवाकोटीले बताउनुभयो ।
तरकारी र माछामा धेरै बिषदी प्रयोग हुने गरेको बताउँदै मेयर शिवाकोटीले भन्नुभयो ’’ एकताका अग्र्यानिकको कुरा गर्दा मलाई गिज्याउनेहरु पनि अहिले अग्र्यानिक उत्पादन प्रयोग गर्न थालेका छन्, मलाई खुसी लागेको छ ।’’

माछामा हालिएको फर्मालिनले मानिसका धेरै भित्री अङ्गहरु ड्यामेज गर्ने बताउँदै नगर प्रमुख शिवाकोटीले भन्नुभयो ’’ माछाको कुरा गर्नासाथ मलाई उसको पोखरीको माछा बेच्न यस्तो कुरा गर्छ भन्नेहरु छन्, त्यसैले म यसमा धेरै बोल्न चाहन्न, अहिले नेपालमै उत्पादन भएका माछा र तरकारीले बिषादी प्रयोगको मात्रा घटेको छ ।’’
युवा ब्यवसायी अच्यूत दाहाल र कलपना दाहालले एकवर्ष अघिबाट शुरु गर्नुभएको उक्त अग्र्यानिक कोसेली घरले घोडताप्रे, घ्यूकुमारी, गर्जो, अमला लगायतका लाभकारी प्रकृतिक जडीबुटीको जुस, बिक्र बितरण गदैृ आउनुभएको छ ।
त्यसैगरी हर्रो, बर्रो, हडचुर, बुढो ओखती, पादनवेत, मजिटो, ज्वानो, मेथी, धनियाँ, कुरीलो, बोझो, जेठीमधु, सालधुप, गोकुलधुप, निमपत्ता, चिराइतो, पदमचाल, लगायतका ३३ प्रकारका जडीबुटीको मिश्रणबाट आफैं बनाइएको धुटोबाट काडापानी बनाएर पनि सेवा प्रवाह गरिएको युवा व्यवसायी दाहालले बताउनुभयो ।
ध्ोरै नाफमुलक ट्रड बिजनेस हुँदाहुँदै किन यता तिर लाग्नुभयो ? भनने जय लोकतन्त्रको जिज्ञासामा दाहाल भन्नुहुन्छ ’’ मानिसको स्वास्थ्या भन्दा ठूलो कुरा धन होइन, त्यसैले प्रकृतिक जडीबुटीका माध्यमबाट मानव सेवा गर्दै गर्दै केही आर्जन पनि गरौं भन्ने लागेर यो व्यवसाय शुरु गरेको हुँ ।’’

जडीबुटीको व्यवसायका साथमा अच्यूत कल्पना दाहालले स्वदेशी उत्पादनबाट परम्परागत परिकारहरुको खाजा, नास्ताको पसल पनि सञ्चालन गर्नुभएको छ । फाष्टफूडको नाममा जंक फूडले स्वास्थ्यमा असर पारिरहेको वर्तमानमा दाहाल दम्पतिले फापर, कोदोको पिठोबाट बनाइएको मःमः, थुक्पा, चाउमिन, रोटी, शुद्ध तारीको तेल र घ्यूमा पकाइएको सेल रोटी, हाम्रा साँस्कृतिक चाड पर्वहरुमा खाइने ढकने, खीर, भुटेको मकै, भटमास, गुन्द्रुक अचार, मिल्क टि, ग्रिन टी, ब्याक टी, बिभिन्न प्रकारका प्रकृतिक जडीबुटी र फलफुलका शुद्ध र प्रकृतिक जुसको समेत व्यापार गरिरहनुभएको छ ।
बिभिनन संघ संस्था र कार्यालयहरुले आफ्नो स्थापना, साधारणसभा र बिविध कार्यक्रमहर आयोजना गर्दा स्वास्थ्यलाई खराब गर्ने र ग्याष्टिक बढाउने खाजा खानुको सट्ट प्राकृतिक र अग्र्यानिक उत्पादनबाट बनेका खाना, खाजाका परिकारहरु उभोगमा जोड दिन पनि दाहाल दम्पतिले सबैमा आग्रह गर्नुभएको छ ।
उक्त वार्षिकोत्सवका अवसरमा समाजसेवी राजकुमार पोखरेल, बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, व्यवसायीहरु एमेश डालमिया, भानु शिवाकोटी, पवन खेडिया, ज्ञानुराम प्रसाई लगायतले अग्यानिक कोसेली घरको प्रकृतिक जडीबुटीको जुस सेवनबाट आफूहरुलाई स्वास्थ्यलाभ प्राप्त भएको बताउँदै यसको व्यवसायिक उत्पादनमा जोड दिनुभएको थियो ।
सहभागी सवैलाई मायाको चिनो अखमे गम्छा उपहार प्रदान गरिएको सो कार्यक्रमको सञ्चालन नाट्य कलाकार माधव कल्पितले गर्नुभएको थियो ।
