तत्काल ल्याव सञ्चालन गर्न स्वास्थ्यमन्त्रीलाई आग्रह

0

सुरुङ्गा । नेपाली कांग्रेसका पूर्वमहामन्त्रीएवम् नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री तथा कृष्णप्रसाद सिटौलाले जनस्तरबाट झापाको कनकाई नगरपालिका – ४ कोटिहोममा स्थापित पीसीआर ल्यावस्थलबाटै स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई टेलिफोन गरी चाँडोभन्दा चाँडो ल्याव सञ्चालनमा ल्याउन आग्रह गर्नुभएको छ ।
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोटिहोममा स्थापित पीसीआर ल्यावको सञ्चालनको अनुमति दिने पत्रको खोजी गरी पीसीआर ल्याव चाँडोभन्दा चाँडो सञ्चालनमा ल्याउन पहल गर्ने आश्वासन दिएको पूर्व उपप्रधानमन्त्री सिटौलाले बताएको अभियानका सहसंयोजक वस्नेतले जानकारी दिनुभयो ।
‘एकका लागि एक’ अभियानको अगुवाईमा कोटीहोमको समर्पण राष्ट्रिय अभियानको भवनमा रहेको ल्यावको निरीक्षण गर्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका सिटौलाले यस्तो आग्रह गर्नुभएको हो ।

जनस्तरबाट झापाको कनकाई नगरपालिका – ४ कोटिहोममा पीसीआर ल्याव स्थापना हुनु झापाको मात्र नभएर देशकै लागी नमूनायोग्य काम भएको वताउँदै उनले कोटिहोममा स्थापित पीसीआर ल्यावलाई सिघ्र सञ्चालन गर्न सरकारलाई आग्रह गर्नुभयो ।
अन्य स्थानको ल्याव भन्दा कनकाईको पीसीआर ल्याव निक्कै राम्रो व्यवस्थापनका साथ स्थापित भएको बताउँदै पूर्व उपप्रधानमन्त्री सिटौलाले कोरोना भाइरसको संक्रमणका कारण निम्तिएको यो संकटपूर्ण अवस्थामा सरकारलाई सघाउन एकका लागि एक अभियानको अगुवाईमा पीसीआर ल्याव स्थापना गरेको भन्दै एकका लागि एक अभियानको प्रशंसा गर्नुभयो ।
उहाँले भन्न्ुभयोे – झापा लगायत देशभर कोरोना संक्रमितको संख्या वढीरहेको यो समयमा सरकारलाई सघाउन पीसीआर ल्याव स्थापना गरेर प्रसंशायोग्य कार्य गर्नुभएको छ । त्यसका लागि म एकका लागि एक अभियानका संयोजक, सह संयोजक , सदस्यहरु, सहयोगदाता सबैलाई यस्तो प्रशंसनीय कामका लागि धन्यवाद ज्ञापन गर्दछु । ’
एकका लागि एक अभियानका सह संयोजक विनोद वस्नेतले सरकार – समुदाय–सहकारी –निजी क्षेत्रको साझेदारीमा स्थापित ल्यावको वारेमा जानकारी गराउँदै ल्यावको सञ्चालनमा भइरहेको ढिलाईप्रति पूर्व उपप्रधानमन्त्री सिटौलाको ध्यानाकर्षण गराउनुभएको थियो ।
पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वमहामन्त्री सिटौलासहित नेपाली कांग्रेस झापाका सभापति उद्धव थापा , जिल्ला सदस्य विजय रिजाल , क्षेत्रिय सभापतिहरु गणेश पोखरेल, नविन विमली , क्षेत्रिय सचिव रमेश पोखरेल अभियानका सदस्यहरु कुमार भट्टराई, कुमारमणी पोखरेल , शिव कँडेल सञ्चारकर्मी, सुरक्षाकर्मी लगायतले समेत पीसीआर ल्यावको निरीक्षण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here