बुद्धशान्तिमा पनि लकडाउन

0

बुधबारे । छिमेकी गाउँपालिका र बुद्धशान्तिमै पनि कोरोना भाइरस (काभिड१९) संक्रमणको जोखिम बढेपछि झापाको बुद्धशान्ति गाउँपालिकाले लकडाउन घोषणा गरेको छ । आज (साउन २९ गते सोमबा) राति १२ बजेदेखि भदौ ४ गतेस सातदिन लक डाउन गर्ने निर्णय गाउँपालिकाले गरेको हो ।
गाउँपालिकाको ७ वटै वडामा कडाइका साथ लकडाउन कार्यान्वयन गरिने गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले बताए । छिमेकी पालिकाको समुदायमा कोरोना संक्रमण बढेपछि बुद्धशान्ति गाउँपालिकाले पनि सात दिनका लागि लकडाउन गरेको हो । समुदायमा संक्रमण फैलिएपछि यसअघि गएरातिदेखि मेचीनगर नगरपालिकाले लक डाउन घोषणा गरेको थियो ।
अर्जुनधारा र बिर्तामोड नगरपालिकाले पनि एकसाता लामो लकडाउन गरेर हालै खुला गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here