गिरोहको अवरोधकाबीच पिसिआर ल्यावका लागि रकम उठनेक्रम झन् तीब्र

0

बिर्तामोड । निःस्वार्थभाव र पवित्र उद्देश्यले पिसिआर ल्याव स्थापनामा जुटेका सामाजिक अभियान्ताहरुको असल कार्यलाई बाधा पु¥याउन झापाको एउटा टिके नालायक गिरोह सक्रिय रहेपनि जनस्तरबाट अभियानलाई सहयोग जुट्नेक्रम झन् बढ्दै गएको छ ।
झापाको कनकाई नगरपालिका कोटीहोममा जनस्तर (एकका लागि एक अभियान) बाट स्थापना गर्न सुरुगरिएको कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब स्थापनाको सम्पूर्ण काम पुरा भईसक्दा पनि सहयोगी संस्था तथा व्यक्तीहरुबाट स्वतःस्फूर्तरुपमा सहयोग जुटनेक्रम रोकिएको छैन ।
धार्मिकस्थलदेखि मसानघाटसम्म घृणित राजनीत गर्दै संधै असल कार्यलाई बाधा व्यवधान पु¥याउँदै आएको फण्टुस प्रवृत्तिको टिके गिरोहले पिसिआर ल्याब स्थापनामै अवरोध गर्ने दुष्प्रयास गरेपनि त्यो जनबिरोधी नालायक झुण्ड सफल हुनसकेको छैन । गिरोहले भ्रम छर्न खोजेपनि विहिबार कोटिहोम स्थित ल्याव स्थल कर्मयोग समर्पण भवनमा आयोजित एक कार्यक्रमका बीच केही संस्था तथा व्यक्तीहरुले एकका लागि एक अभियानलाई करिव ८ लाख रकम प्रदान गरेका छन ।
अभियानका लागि एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड बिर्तामोडले पाँच लाख एक हजार रुपैयाँ प्रदान गरेको छ । त्यस्तै, ग्लोबल आइएमइ बैंक लिमिटेडले एक लाख, कनकाई नगर सहकारी समन्वय समितिले ५१ हजार, नेपाल भेनियर उत्पादक संघले ५० हजार, ईटा व्यवसायी संघ झापाले ५१ हजार, दमक निवासी भगवान बस्नेतले २१ हजार र सुरुंगा निवासी नमिता बस्नेतले २ हजार रुपैयाँ प्रदान गर्नुभयो । कार्यक्रममा एक्सेल बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश पोखरेल तथा पंकज घिमिरेले, ग्लोबलका बिर्तामोड शाखा प्रमुख पवन पौडेल र ऋण विभाग प्रमुख मनोज बोहोराले चेक प्रदान गनुभयो ।
त्यस्तै, कनकाई सहकारी संस्थाकोे तर्फबाट संयोजक चम्पा सुवेदी र सहसंयोजक कुमारमणि पोखरेलले, भेनियरका तर्फबाट अध्यक्ष दिपक पाण्डे र उपाध्यक्ष श्याम न्यौपानेले चेक हस्तान्तरण गरेका थिए । इँटाका तर्फबाट अध्यक्ष गुणराज थापा, उपाध्यक्ष मदनकुमार मित्तल र सचिव दिपककुमार शाहले चेक हस्तान्तरण गर्नुभयो ।
अभियानका तर्फबाट संयोजक महेन्द्रकुमार गिरी, सहसंयोजक विनोद बस्नेत, सदस्यहरु केदार गिरी, कुमार भट्टराई, शिव कडेल, गजेन्द्र पौडेल, मिजास पोखरेल, मदनगोपाल सुब्बा, सञ्जिव घिमिरे, लिला चिमरियाल गायतले चेक ग्रहण गर्नुभएको थियो ।
कार्यक्रममा कनकाई नगरप्रमुख राजेन्द्र पोखरेल, बिर्तामोड नगरप्रमुख ध्रर्बवकुमार शिवाकोटी, हल्दिबारीका अध्यक्ष रवीन्द्र लिङदेन, अर्जुनधाराकी नगर उपप्रमुख कमला आचार्य, बुद्धशान्तिकी उपाध्यक्ष मीरा भूर्तेलसमेतले दाताले प्रदान गरेको चेक ग्रहण कार्यक्रममा सहभागिता जनाउनुभएको थियो ।
अभियनका संयोजक महेन्द्रकुमार गिरीको अध्यक्षतामा आयोजित पिसिआर ल्याव अवलोक कार्यक्रमा ल्याव स्थापनको औचित्यमाथि प्रकाश पार्दै अध्यक्ष गिरीले यो जनताको सेवाका लागि निस्वार्थ भावले गरिएको एउटा भएको बताउनु भएको थियो । अभियानको उदेश्य बारे जानकारी दिंदै अभियानका सहसंयोजक बिनोद बस्नेतले असल कार्यका लागि जनस्तरबाट जतिपनि सहयोग जुट्ने रहेछ भन्ने उदाहरण पिसिआर ल्यावका लागि भएको सहयोगले पुष्टि गरेको स्पष्ट पार्नुभयो । कार्यक्रमको संचालन अभियन्ता एवं नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरीले गर्नुभएको थियो ।
हाल सम्म अभियानमा करिब एक करोडको लागतमा ल्याब स्थापना गरिसकिएको छ । मेची अस्पतालको मातहतमा सञ्चालनमा आउने ल्याब केही दिनमा सुरु हुनेछ । एक दिनमा ४५० नमुना परीक्षण गर्ने क्षमता भएको ल्याब सरकारी सहयोग बिनै नागरिकस्तरबाट निर्माण गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here