होटल मेची क्राउनका सञ्चालक बले बिरुद्ध मुद्दा, गैह्र कानूनी सम्पत्ति आर्जनमा २० करोडको बिगो

    0
    2280

    बिर्तामोड । झापाको मेचीनगर ६ जोरसिमल निन्दा किनारमा खोलिएको पाँचतारे होटल मेची क्राउनका मुख्य सञ्चालक बलराम सापकोटा ‘बले‘लाई गैर कानूनी रुपमा सम्पत्ति आर्जन गरेको भनीसम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले ‘बले’विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
    एक वर्ष लामो अनुसन्धानपछि गत सोमबार बले र उनकी श्रीमती सिर्जना कक्षपतिविरूद्ध विभागले मुद्दा लग्दा बलेसँग १७ करोड ४७ लाख र कक्षपतिसँग दुई करोड ४७ लाख रुपैयाँ बिगो, बिगोको दोब्बर जरिवाना माग गरिएको छ । बलेले आर्जन गरेको गैरकानुनी सम्पत्तिबाट विस्तार भएको अरू एक अर्बको लगानी छ । सो जफत गर्न माग गरिएको छ । एक दशकको अवधिमा ‘बले’सँग यति सम्पत्ति देखिएको हो ।

    काभ्रेका सामान्य पुरेतको छोरा बले
    (बलराम सापकोटा) उर्फ क्यासिनो किङ्ग


    काभ्रेको रोशी गाउँपालिका १० का ‘बले’ साधारण परिवारका मान्छे हुन् । उनका बुवा गाउँमा जजमानहरुकोमा कर्मकाण्डी पुरेत्याई गर्नुहुन्छ । एक दशक अघिसम्म खान लाउन समेत धौ पर्ने अवस्थाका बलराम सापकोटा बले’ले मानव तस्करी, हातहतियार प्रयोग दुरूपयोग, लागू औषधको ब्यापार, क्यासिनोमा मिटर ब्याज लगानीबाट यतिको सम्पत्ति आर्जन गर्न सफल भएकाले उनको सम्पत्तिको आयस्रोत वैध होइन भन्ने अनुसन्धानको निष्कर्ष छ ।
    बले अर्थात क्यासिनो किङ ‘बले’। गुन्डा नाइके ‘बले’। हेलिकप्टर ‘बले’। बले अर्थात क्यासिनो किङ ‘बले’। गुन्डा नाइके ‘बले’। हेलिकप्टर ‘बले’। यी नाम पछाडिका अर्थ पनि छन् । क्यासिनोमा मिटर ब्याजमा लगानी गरेर नेपालीलाई कंगाल बनाउने नामले बलरामलाई ‘क्यासिनो किङ’ भनियो । दरबारमार्ग क्षेत्रमा रात्रीकालिन आपराधिक गतिविधिमा संलग्न रहेको अर्थ्याएर प्रहरीले गुन्डा नाइके भन्यो। हेलिकप्टर चढेर दुलही लिन गएका हुनाले उनलाई हेलिकप्टर ‘बले’ भनियो । अहिले बनेको परिचय अपराध गरेर अर्बौंको सम्पत्ति जोड्ने ‘बले’ हो।
    गत आम चुनावमा तस्करी र अवैध कारोबारबाट कमाएको पैसामध्येबाट बालकोटमा ठूलो हिस्सा बुझएपछि बलेको फूर्ति झन् बढेको उनकै निकटहरु बताउने गर्छन । गैर कानूनी कमाइको आडमा ‘बले’ समाजमा रवाफ देखाउँछन्, बालुवाटारसम्म पहुँच बनाउँछन् । उनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बा’ भन्दै भेट्न जान्छन् । यती ग्रुपका मालिक आङछिरिङ्ग शेर्पाको समेत लगानी रहेको भनिएको झापाको होटल मेची क्राउनमा वाइट बडी भ्रष्टाचारको रकम समेत लगानी भएको समाचार स्रोतको दावी छ । छिरिङको हेलिकोप्टर दुर्घटनामा परी गतवषर््ा ताप्लेजु«को पाथीभरा क्षेत्रमा निधन भएको छ ।
    बलेले आफ्नो गैर कानूनी आर्जनलाई बैध बनाउन बोधिचित्तको खेती र शेयर बजारबाट आम्दानी गरेको बताउने गरेका छन् । जबकि नेकपाको सरकार बनेयता तत्कालिन अर्थमन्त्री युवराज खतिवडाको लगानी मैत्री नीतिको अभावमा नेपाली शेयर बजारबाट जनताको १४ खर्व बढी सम्पत्ति स्वाहा भइसकेको छ । सो वडाका वडाध्यक्ष दूधराज तामाङका अनुसार ‘बले’ले गाउँमा बुद्धचित्तको बगैंचा लगाएका छन्। उनको बगैंचामा ७२ बोट बुद्धचित्त फल्छन्।
    गाउँका पुरेतको छोरा बलराम संयोगले मात्र ‘बले’ भएका होइनन्, उनी नेपाली राजनीति र प्रहरी प्रशासनमा व्याप्त भ्रष्ट प्रवृत्तिले जन्माएका एक पात्र हुन् । ‘बले’हरू जन्मने(हुर्किने ‘नेक्सस’ नेपालमा छ । त्यो ‘नेक्सस’ भनेको राजनीतिक, ब्युरोक्र्याट, प्रहरी, अपराधी र व्यापारीको हो ।
    पूर्वडिआइजी रमेश खरेल ‘बले’हरूलाई फ्याउरे गुन्डा भन्नुहुन्छ । क्यासिनोबाट मौलाएका ‘बले’हरूको कमाउधन्दाको ढोका भ्रष्ट प्रहरीले खोलिदिएको अनुभव खरेलसँग छ । उहाँले ३० वर्ष नेपाल प्रहरीमा बिताउँदा थुप्रै ‘बले’प्रवृत्तिहरुलाई झेल्नुभएकाो छ । खरेलको बुझाइमा ‘बले’हरूलाई अर्बपति बनाउनमा भ्रष्ट कर्मचारी प्रशासन र प्रहरीको हात छ ।
    खरेल काठमाडौंमा प्रहरी परिसरमा तत्कालिन एसपी रमेश खरेलले २०६७ सालमा एक पटक थुनेका ‘बले’ फेरि खरेललाई भेट्नै पुगे । ‘बले’ भेट्न आएको थाहा पाउनेबित्तिकै खरेलले ढोकामा बस्ने प्रहरीलाई अह्राउनुभयो, ‘लकअपमा थुनिदेउ ।’ बले थुनिएपछि राजनिितक शक्ति केन्द्रहरुबाट थुनामुक्त गरिदिन फोनहरु आएका थिएा तर खरेलले कसैको कुरा सून्नु भएनछ ।
    ध रुपमा अकुत सम्पत्ति आर्जन गर्ने तिनै बलेलाई अगुवा बनाएर वाइट बडी, ओम्नी, बालुवाटार, लगायतका ५० सौं काण्डहरुमार्फत आर्जन गरिएको नाजायज आर्जनलाई होटल मेची क्राउनमा लगानी गरिएकोमा सम्पत्ति सुद्धिकरणले छानविन अघि बढाइरहेको छ । झापामा यो होटल स्थापना भएपछि काँकरभिट्ट देखि बिर्तामोड, धुलाबारी, अर्जुनधारा, दमक, झिलझिले, इटहरीसम्मका स्थानहरुमा दैनिक लागू पदार्थ खैरो हेरोइन, ब्राउनसुगरका कारोबारीहरु पक्राऊ परिरहेका छन् ।
    भारतीय र बंगालीहरुलाई लक्षित गरेर क्यासिनो खेलाउने र होटलमा खुला यौन गतिविधि गराउने योजनाले खोलिएको यो होटल परिसरसँगै जोडिएको १३ बिगाह जमिन पनि बलेले आफ्नी श्रीमतीका नाममा पास गराएका छन् ।
    एकताका सरकारले क्यासिनोमा नेपालीहरुलाई कडाइ गरेसँगैसँगै बलेको अवैध कमाइ घट्न थाल्यो, रोयल्टीको बक्यौता उठाउन सरकारले ताकेता गरेपछि क्यासिनोको अवैध कारोबार सुक्न थाल्यो र बले पक्राउ पर्ने डरले भागेर भारतसम्म पुगेका थिए।
    भारतको सिक्किमको मजयाङ्ग क्यासिनोमा केही समय लुकेर बसेपछि बसेपछि उनी नेपाल फर्किएका थिए । क्यासिनोहरू बन्द हुन थालेपछि उनी नेपाल फर्किन सजिलो भएको थियो ।
    आपराधिक गतिविधिबाट आर्जित लाभलाई संरक्षण गर्न उनी नेपाली कांग्रेस पार्टीमा सक्रिय हुन खोजेका थिए। काभ्रे कांग्रेसमा कोषाध्यक्षमै चुनाव पनि उठे । तर पराजित भएपछि तत्कालीन एमालेमा सक्रिय भए । अहिले उनी नेकपाको ओली गुटका भित्रिया भनेर चिनिएका छन् । उनी ओली गुटका गोकुल बाास्कोटाका खास हितैसी साझेदार पनि हुन् । बले अर्थात बलराम सापकोटा र गोकुल बाास्कोटा दुबै काभ्रेकै बासिन्दा पनि हुन् ।

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here