प्रजातान्त्रिक योद्धा रामबाबुको स्मृतिमा शोकसभा

0
102

अर्जुन भण्डारी ।
बिराटपोखर ।
नेपाली कांग्रेसका पूर्व केन्द्रीय कोषध्या (खनुपरुदे) रामबाबु प्रसाईको ९९ बर्षको निधनप्रति नेपाली काँग्रेस बिर्तामोड १० नम्बर वडा समितिले आज शोकसभा सम्पन्न गरेको छ ।
शोकसभालाई सम्बोधन गर्दै काँग्रेसका अग्रज नेता पूर्व सांसद डिल्ली प्रसाद सिटौलाले रामबाबुको निधनले इतिहासको एउटा मजबुत स्तम्भको भौतिक रुपमा अन्त्य भएपनि रामबाबुले छोड्नु भएको सत्य र निष्ठाको बाटोलाई आजका तमाम लोकतन्त्रवादीले अनुसरण गनुपर्ने बिचार ब्यक्त गर्नुभएको थियो ।
काँग्रेसका अग्रज नेता सिटौलाले नेपालको प्रजातान्त्रिक आन्दोलन र पार्टी लाई पुरयाउनु भएको विशिष्ठ योगदान को सम्मान गर्दै नेपाली कांगे्रस झापाले तीनदिन जिल्ला पार्टी कार्यलयमा आधा झण्डा झुकाउने पनि पुर्व सासंदले बताउनु भयो । रामबाबु प्रसाँई ले जीवनमा कहिल्यै लाभको वा पदको मोह नराखेको र गान्धीवादी, नाफा कहिल्यै नहेर्ने तर बोलेका कुरा जहिल्यै पुरा गरेरै छाड्ने वचनको पक्का, सत्यवादी नेता अब यो युगले बिरलै पाउला भन्दै पुर्व सासंद ले बिदा लिनुभएको थियो ।
शोकसभा कार्यक्रममा विशिष्ट अतिथि को रुपमा नेपाली कांग्रेस का जिल्ला सदस्य जलकुमार गुरुङले रामबाबु बिर्तामोड खानेपानी तथा कृषि थोक का लागि ठाउँ दिएर रामबाबुले बिर्तामोडबासीलाई ठूलो गुण लगाउनुभएको बताउनुभयो ।
नगर सभापति भोजराज सिटौला ,क्षेत्रीय सभापति (ख) का नविन बिमली, वडा अध्यक्ष दुर्योधन गुरुङ ,पुर्व वडा सभापति यामबहादुर गुरुङ, र वाड सदस्य अर्जुन सिटौला ,दिपिका शिवा सबैले रामबाबुको चिरशान्तिको कामना गर्नुभएको थियो ।
नेपाली काँग्रेस १० नं वडा समितिका कार्यवाहक सभापति मदनकुमार गुरुङ सभापतित्वमा भएकोउक्त शोकसभाको सञ्चालन नेपाली कांग्रेसका कार्यवाहक सचिब रुद्र खतिवडाले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here