सत्यवादी प्रजातान्त्रिक नेता रामबाबुकोे निधन, नेपाली काँग्रेस झापाद्वारा शोक व्यक्त

    0
    1151

    बिर्तामोड । नेपाली काँग्रेसका पूर्व केन्द्रीय कोषध्या (खनुपरुदे) रामबाबु प्रसाईको आज (२०७७।०६।२३ गते) ९९ वर्षको उमेरमा निधन भएको छ । पञ्चायती व्यवस्थाको प्रतिबन्धित कालमा (२०४१ सालदेखि ०४७ सालसम्म) नेपाली काँग्रेस झापाको सभापति हुनुहुन्थ्यो ।
    सत्यवादी नेता प्रसाईको निधनप्रति गहिरो दुःख प्रकट गर्दै नेपाली काँग्रेस झापाका सभापति उद्वव थापाले रामबाबुको निधनले इतिहासको एउटा मजबुद् स्तम्भको भौतिकरुपमा अन्त्य भएपनि रामबाबुले छोडनुभएको सत्य र निष्ठाको बाटोलाई आजका तमाम लोकतन्त्रवादीले अनुसरण गर्नुपर्ने बिचार व्यक्त गर्नुर्भको छ ।
    स्वर्गीय प्रसाइको सम्झना र उहाँले नेपालको प्रजान्त्रिक आन्दोलन र पार्टीलाई पु¥याउनुभएको बिशिष्ठ योगदानको सम्मानमा गर्दै नेपाली काँग्रेस झापाले तीनदिन जिलला पार्टी कार्यलयमा आधा झण्डा भुकाउने र सो अवधिभर जिल्लामा पार्टीको कुनै औपचारिक कार्यक्रमहरु नगर्ने पार्टी सभापति उद्वव थापाले जाकारी दिनुभयो । नवौं दिनको पुण्य तिथिका दिन (कात्तिक १ गते) जिल्ला पार्टी कार्यालयमा श्रद्धाञ्जलीसभा आयोजना गरी सत्यवादी नेताप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको सभापति थापाले जानकारी दिनुभयो ।
    त्यसैगरी रामबाबुका हितैसी राजनीतिक सहयात्री पूर्व सांसद् डिल्लीप्रसाद सिटौलाले गान्धीवादी, नाफा नोक्सान कहिल्यै नहेर्ने तर बोलेका कुरा जहिल्यै पुरा गरेरै छाड्ने बचनको पक्का, सत्यवादी नेता अब यो युगले बिरलै पाउला भन्नुहुदै बीपी कोइरालाको सच्चा अनुयायी रामबाबु प्रसाई हुनुहुन्थ्यो भन्नुभयो ।
    नेपाली काँग्रेस झापाका पूर्व सभापति तथा सभाषद सुधिरकुमार शिवाकोटीले समयको महत्व बुझ्ने, सत्यको पुजारी, थुप्रै सम्पत्तिको मालिक भएर पनि सादगी जीवन बिताउन चाहने, सबैप्रति समान व्यवहार गर्ने रामबाबुबाट यो समाज र राष्ट्रले थुप्रै आदर्श जीवनशैलीको अनुपम उदाहरण संग्रह गर्नसक्ने बिचार व्यक्त गर्नुभयो ।
    निरंकुश पञ्चायती व्यवस्थाको बिरोधमा नेपाली काँग्रेसले सञ्चालन गरेको क्रान्तिमा सरिक भएवापत उहाँले भारतमा निर्वासित जीवन बिताउनु परेको थियो भने पटक पटक जेल र हिरासतमा बस्नुभएके थियो । राजा महेन्द्रले २०१७ सालमा बीपी कोइराला नेतृत्वको दुईतिहाइ बहुमतको प्रथम जननिर्वाचित सरकार अपदस्त गरी बीपी लगायतका नेतालाई जेह हालेपछि रामबाबुले राजाको त्यो अप्रजातान्त्रि कदमका बिरुद्ध इलामस्थित आफ्नै निवासमा कालो झण्डा गडेर बिरोध जनाउनुभएको थियो ।
    राजाको कदमको स्वागत नगरेको र कालो झण नै गाडेर राजाको ठाडो बिरोध गरेको भन्दै तत्कालिन शाही सत्ताले पक्राऊ गरेर रामबाबुलाई २ वर्ष जेल हालेको सम्भना सुनाउनुहुन्छ रामबाबुकै अनुयायी मध्ेका एक काँग्रेस नेता सुधिरकुमार शिवाकोटी ।
    नेपाली काँग्रेसका सभापति कृष्णप्रसाद भट्टराईकालीन केन्द्रीय कोषाध्यक्ष प्रसाईंले जीवनमा कहिल्यै लाभको पदको मोह राख्नुभएन । चावहिलस्थित ओम अस्पतालको आकस्मिक उपचार कक्षमा उहाँको उपचार भइरहेको अवस्थामा निधन भएको जेठा छोरा टोरुप प्रसाईले जानकारी दिनुभएको छ ।
    श्वासप्रश्वास सम्बन्धी समस्या भएपछि उहाँलाई अस्पताल लगिएको थियो । चिकित्सकले उहाँको स्वास्थ्य अवस्था चिन्ताजनक नरहेको बताए पनि उहाँलाई बचाउन नसकिएको पारिवारिक स्रोतले जनाएको छ ।
    वि.सं. १९७८ साल पुसमा जन्मिनुभएका प्रसाई सत्यवादी, दृड संकल्प भएका र निष्ठाका प्रतिमूति हुनुहुन्थ्यो । नेपाली साहित्यको कविता विधामा समेत कलम चलाएका प्रसाई प्राकृतिक चिकित्सा विज्ञान विषयमा समेत विज्ञ थिए । कानुनका समेत विद्यार्थी रहेका प्रसाईले बिर्तामोडलाई शहरको रुपमा विकास गर्न महत्वपूर्ण योग्दान दिनुभएको थियो ।
    बिर्तामोडको हालको देवी मावि, बुधबारे हटिया र कृषिथोक बजारका जग्गादाता समेत रहनुभएका प्रसाई पछिल्लो समय काठमाण्डौंमा बस्दै आएउनुभएको थियो । प्रसाईकी श्रीमती, छोराहरु टोरुप, डुजुप र गिसुप हुनुहुन्छ् । उहाँका दुई छोरी पनिखम र खेचिम रहनुभएको छ । सत्यवादी नेता प्रसाईको निधन प्रति जय लोकतन्त्र साप्ताहिक भावपूर्ण श्रृद्धाञ्जली अपर्ण गर्दै शोकाकूल परिवारमा गहिरो समवेदन प्रकट गर्दछ ।

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here