डा. केशीका माग पुरा गर, गरीबमाथि अत्याचार नगर

0
25

आर्थिक बिपन्न, गरीब, दुःखीले पनि औषधोपचार गर्न पाउनुपर्छ । गरीबका छोराछोरीले पनि डाक्टर, ईञ्जिनियर पढ्न पाउनुपर्छ । प्रत्येक नागरिकको शिक्षा, स्वास्थ्य र रोजगारीको जिम्मा राज्यले लिनुपर्छ । तबमात्र लोक कल्याणकारी राज्यको परिकल्पना साकार हुन्छ भन्दै तीन गरीब दाजुभाई, दिदीबहिनीहरुको हितका लागि बिभिन्न माग राखेर २० औं पटक अनसनमा बस्नुभएका डाक्टर गोबिन्द केशीको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक भएको छ, तर गरीब सर्वहारको सरकार माफिया, तस्कर, दलाल, बुर्जुवा, पूँजीपतिहरुको कठपुतली बनेर गरीबको हितमा लडिरहेका केशीलाई मार्न खोजीरहेको छ । डा. केशीका माग आम देशभक्त नेपालीका माग हुन, गरीब, दुखीका माग हुन तसर्थ सरकारले कुनै दलाल, देशद्रोहीको कमिशनको चककरमा नपरी केशीले उठाएका लोक कल्याणकारी अनि समाजवादी मागहरुलाई तत्कालै पुरा गर्नुपर्छ । आफूलाई गरीब ुर्वहारा वर्गको मसिहा बताएर नथाक्ने कमरेडहरुले अब यो घिनलाग्दो दलाली र लोभ लालच त्याग्नै पर्दछ ।
डा. केशी जस्को यो संसारमा एक धुर आफ्नो जमिन छैन, घर छैन, बैकमा ब्यालेन्स छैन, मोबाइल समेत छैन, बिहे गरेको छैन, सन्तान छैन, डाक्टरी गरेर जीवनभर कमाएको पैसा दुर्गममा बसोबास गर्ने गरीब नेपालीहरुको स्वास्थ्योपचारमै खर्च गर्ने, आफ्ना लागि कहिल्यै कही जोहो गर्नुको आवश्यकता नै महसुस नगर्ने, एउटा त्यागी सादगी फकिर जोगी जस्तै डा. केशीलाई आफ्नो बारेमा केही चिन्ता छैन । उहाँको एउटै चिन्ता छ, गरीब दुखीले बिरामी पर्दा अस्पताल पुग्नासाथ अलीअली भएको जायजेथा माफियाले चलाएका निजी अस्पतालहरुलाई बुझाएर बिल्लीबाठ हुनु नपरोस । यही चिन्ता लिएर गरीबको पक्षमा बोले वापत, लेखेवापत, अभियान चलाएवापत गरीबकै भनिएको सरकारले गरीबमारा नीति अघि सार्नु र गरीबहरु बत्तिमा पुतली झुम्मिए जसरी तिनै गरीबमारा, माफियाका मतियारको वरिपरी झुम्मिनु पनि केशी जस्ता सादगी, त्यागी सत्याग्राहीका लागि अर्को बिडम्बनाको बिषय हो ।
जबसम्म नेपालमा गरीबी, पछौटेपन र बिपननता कायम रहीरहनछ, तबसम्म गरीब र गरीबीलाई भजाएर गरिने राजनीतिको बजार गर्माइरहन्छ । मानिसले गरीबीबाट मुक्ति पायो भने, ऊ शिक्षित, सभ्य र जान्ने बुझ्ने भयो भने गरीबीको फाइदा उठाएर तीनै गरीबलाई शोषण गर्ने पाखण्ड राजनीतिको अन्त्य हुने निश्चित भएको हुँदा कसै कसैको राजनीतिक ब्यापारका लागि यहाँ गरीबी बढाइरहनु फदायी हुनसक्छ । त्यसैले आफ्नो राजनीतिक धरातल बिग्रन नदिन, गरीबी कायमै राखेर, बैंक र बित्तीय संस्थाहरुका माध्यमबाट नयाँ खाले शोषण, उत्पीडन कायम राखेर आफ्नो राजनीति बाचयराख्न चाहनेहरुबाट गरीब, बिपन्न, असहाय, दिनदुःखीहरुको कहिल्यै भलो हुनसक्दैन । यीनले माफिया तस्कर, बुर्जुवा, नवशामन्तहरुको दलाली गरेर गरीबलाई झन् गरीब अचेतन बनाएर भोटबैंकको सुरक्षमा लागिरहनेछन् । गरीबीको निर्मम जाँतोमा पिसिएका अभाव, बिपन्नता, रोग, भोक अचेतन मनस्थितिबाट थलिएकहरुलाई तिम्रो मुक्तिदाता त हामी नै हौं भन्नेहरुले डां केशीको मागमा बेवास्ता गरिरहेका छन् । डा. केशकिो माग दुःखी गरीबका माग हुन्, तीमाग तत्काल पुरा गर । गरीब दुःखीमाथि अरु अन्याय र अत्याचार अब नगर । २०७७ असोज २१ को सम्पादकीय टिप्पणी ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here