नेकपाका नेता, कार्यकर्ताले अब तलब पाउने

0
696

बिर्तामोड । गरीबको नाममा राजनीति गरेर सत्तामा पुगेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले आफ्ना नेता कार्यकर्तालाई मासिक तलब सुविधा उपलब्ध गराउने भएको छ । राजनीति कमाउनका लागि होइन, जनसेवाका लागि हो भन्ने आदर्शलाई व्यवहारमा लागू गर्न कठिनाई भएपछि नेकपाले आफ्ना नेता कार्यकर्तालाई आथर््िक सुविधा दिन लागेको बताइएको छ ।
नेकपाका सबै केन्द्रीय कमिटी सदस्यहरू र पार्टीका पूर्णकालीन कार्यकर्ता (फुलटाइमर) लाई नियमित रूपमा आर्थिक सहयोग दिने एजेन्डा छलफलका लागि सचिवालयमा प्रस्तुत गरिसकेको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आइतबार पेरिसडाँडामा बसेको सचिवालय बैठकमा केन्द्रीय सदस्यलाई पार्टीले आर्थिक सहयोग दिने एजेन्डा पनि छलफलका लागि पेश गरिएको छ ।
पार्टी सञ्चालनका लागि राज्यसत्ताको दोहन गरेको, घुस, भ्रष्टाचार, अनियमितता र बेथिति बढाएको संगीन अरोप लागिरहेको सत्ताधारी नेकपाले आफ्ना नेता कार्यकर्ता पोस्न तलब बाँढन लागेपछि देशमा भ्रष्टाचार झन् मौलाउने जनस्तरबाट चिन्ता प्रकट गरिएको छ । जनता भोकभोकै मर्ने, पार्टीमा लाग्ने, पार्टीको सत्तामा बस्नेहरु रसरकारी सत्तामा बस्नेहरुले तलव भत्ता खाने क्रमले समाजवादको यात्रालाई अघि बढाउन नसकिने सर्वसाधारणको टिप्पणी छ ।


आइतबार बसेको सचिवालय बैठकमा मन्त्रिपरिषद पुनर्गठनकै एजेन्डामाथि सचिवालयमा छलफल भएको थियो । सांगठनिक एकीकरणका बाँकी काम र केन्द्रीय सदस्यलाई नियमित आर्थिक सहयोग गर्नेजस्ता एजेन्डामाथि सोमबार सचिवालय बैठकमा छलफल भएको छ ।‘केन्द्रीय कमिटी सदस्यलाई नियमित रूपमा आर्थिक सहयोग गर्ने एजेन्डा पनि छलफलका लागि राखिएको छ,’ प्रवक्ता श्रेष्ठले बैठकपछि पत्रकारहरूसँग भन्नुभयो, ‘पूर्णकालीन कार्यकर्ता तलदेखि माथिसम्म कुनै न कुनै ढंगले सहयोग गर्ने कम्युनिष्ट पार्टीले अभ्यास गर्दै आएको नीति हो ।’
श्रेष्ठका अनुसार प्रदेश, जिल्ला वा त्योभन्दा तलको हकमा सम्बन्धित कमिटीहरूले नै आर्थिक सहयोग दिने वा नदिने भन्नेबारे छलफल गर्नेछन् । तर केन्द्रीय सदस्यका लागि भने सचिवालय बैठकले छलफल गर्न लागेको हो । ‘सचिवालयले केन्द्रीय कमिटी सदस्यका हकमा के गर्ने भन्नेबारे पनि छलफल गर्ने कार्यसूची तय गरेको छ,’ उहाँले भन्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here