सरोकारवालाहरु सावधानी अपनाउ

0
44

कोरोना भाइरस (कोभिड १९)को सन्त्रास बढेपछि छ महिना लामो समयदेखि बन्द रहेको सार्वजनिक सवारी साधन सञ्चालनका लागि सरकारले अनुमति दिएसँगै यसको जोखिम झन् बढेर जाने खतरा उत्पन्न भएको छ । आवश्यक स्पष्ट मापदण्ड नहुँदा कोचाकोच भरिएका सार्वजनिक सवारी साधनमा यात्रा गर्नेहरुबाट कोरोना भाइरस सर्ने जोखिम बढेर गएको हो । सरकारले दोब्बर भाडा लिनु, दुइजनाको सिटमा एक जनालाई मात्र यात्रा गराउनु, माक्स, सेनेटाइजर र आवश्यक सुरक्षाका उपायहरु अवलम्वन गर्नु भने पनि त्यसको प्रभावकारी अनुगमन हुनसकिरहेको छैन । बीच बाटोबाट कोचाकोच यात्रु चढाउने बानी परेका यातायात व्यवसायी र मजदूरहरुकै कारण जोखिम बढीरहेको छ भने यात्रु पनि छ महिनादेखि बन्दी जस्तै बनेका कारण गन्तब्यमा पुग्न भीडामभिड खालका नै छन् । त्यसले झन् जोखिम बढेको छ ।
अझ दशैं, तिहार, छैठ जस्ता नेपालीहरुका महान चापर्वहरु नजिकिंदै छन् । यो बेला यात्रुहरुको चाप झन् बढने अवस्था छ । यात्रुको सहज र सुरक्षित यात्राका लागि सरकारले कुनै कार्य योजना बनाएको छैन । सरकारमा बस्नेहरु त कताबाट धेरै कमिशन खान र भ्रष्टाचार गर्न पाइन्छ भनेर माफियाहरुकाबंगला र दरबारमा सुटुक, सुटुक पुग्नमै ब्यस्त रहेका छन् । जनताको स्वास्थ्य सुरक्षमा यीनको रत्तिभर भरोसा छैन । अनि यीनलाई ती गरीब नेपाली जनताको कुनै मतलव छैन । पैसा र घुस दिनेहरुकै सेवा चाकरीमा यीनको सारा दिनरात बितिरहेको छ । सहज अवस्थामा त चाडवाडको समयमा अस्त व्यस्त हुने गरेको नेपालको सार्वजनिक यातायात क्षेत्र यो कोरोनाको त्रसदीमा कसरी ब्यवस्थित रुपमा चलाउन सकिन्छ ? सरकारका तर्फबाट ठोस कार्य योजना आउन आवश्यक छ ।
आम्दानी शुन्य अवस्थामा जनताले दोब्बर भाडा तिर्न सक्दैनन् भने ब्यवसायीले पनि दुई सिटको सट्टा एकसिटमा मात्र यात्रु बोकेर सिङ्गल भाडा लिएर व्यवसाय चलाउन, टिकाउन सक्ने अवस्था छैन । तसर्थ चलान आदेशको तथ्यांकको आधारमा सरकारले आधा भाडाको रकम यातायात व्यवसायीलाई तिरि दिएर यो चाडबाढको मुखमा याताया सेवालाई सहज, सरल र ब्यवस्थित बनाउने कार्यमा कञ्जुस्याई गर्नु हुदैन । चाडबाड पछि भिडभाड पनि घट्दै जान्छ, छैठसम्मका लागि सरकारले व्यवसायीलाई यात्रु संख्या, चलान टिकटको तथ्यांक र अनुगमनका आधारमा अनुदान रकम उपलब्ध गराएन भने यात्रुको कोचाकोचले फैलनसक्ने कोरोनाको महामारीलाई थेग्न सक्दैन । बेलैमा सबै सरोकारवालाहरुले उच्च सतर्कता र सावधानी अपनाऊ । २०७७ असोज ०७ गतेको सम्पादकीय टिप्पणी ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here