नेप्सेले थाल्यो ब्रोकररहित सेयर कारोबारको अध्ययन

0
50

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले स्टक ब्रोकररहित धितोपत्र बजार(ब्रोकरलेस स्टक मार्केट) सञ्चालन गर्ने तयारी गरेको छ । बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स प्रक्रियामा नेपाल धितोपत्र बोर्डले हालसम्म कुनै निर्देशन नदिएको र नेपालको पूँजीबजारमा प्रविधिले फड्को मारेसँगै अब नेप्सेले ब्रोकररहित सेयरबजार अघि बढाउन अध्ययन थाल्ने तयारी गरेको हो ।
’पूँजीबजारको भारतीय नियामक सेबीले बम्बे स्टक एक्सचेञ्जलाई ब्रोकररहित स्टक मार्केट बनाउन निर्देशन दिएको केही सातामात्र भएको छ ।’ नेप्सेको एक अधिकारीले बिजशालासँग भने(’अब हामी पनि प्रविधिबाटै सहजै रुपमा सेयर किनबेच गर्न सक्षम छौं । यस विषयमा अब हामीले अध्ययन गर्नुपर्ने निश्कर्षसहित तयारी थालेका छौं ।’
छिमेकी मुलुकले प्रविधिमा नै आधारित भएर ट्रेड मेनेजमेन्ट र रिस्क मेनेजमेन्ट दुवै स्टक एक्सचेञ्जले गर्ने अभ्यास सुरु भएको र नेपालमा पनि अब यसको विषयमा अध्ययन थालिने उनले जानकारी दिए । नेप्सेका ती अधिकारी भन्छन्–‘सेयर कारोबारको ट्रेड मेनेजमेन्टमा कुनै समस्या छैन, अब केही अंश वित्तीय जोखिम व्यवस्थापन छ । यदि जोखिम व्यवस्थापन पनि गर्न सकियो भने नेपालको सेयर बजारमा पनि ब्रोकररहित सेवा सम्भव छ ।’
नेप्सेले ब्रोकररहित सेयर बजार बनाएपछि नेप्से कमिसन मात्र समावेश हुने र लगानीकर्तालाई समेत ब्रोकर कमिसनको भार हट्ने स्रोतको भनाइ छ । नेपाल स्टक एक्सचेञ्जले विगत २ वर्षदेखि सञ्चालनमा ल्याएको अनलाइन कारोबार प्रणालीको टीएमएसमा इण्टीग्रेट भएका नेपाल क्लियरिङ हाउस लिमिटेड(एनसीएचएल) र ४ वटा क्लियरिङ बैंकमार्फत सेयर खरिदबिक्रीको भुक्तानी सहजरुपमा नै भइरहेको छ ।
धितोपत्र कारोबारको राफसाफ पनि नेप्सेकै शतप्रतिशत लगानी रहेको एक मात्र सेटलमेन्ट कम्पनी सीडीएससीले नै गर्दै आइरहेको परिप्रेक्ष्यमा सेयर कारोबारका लागि अब ब्रोकर नै चाहिन्छ भन्ने मान्यता हटाउनुपर्ने जानकार बताउँछन् । त्यसो भयो भने हाल कायम ५० ब्रोकरको मध्यस्थता आवश्क पर्नेछैन भने लगानीकर्ताले पनि अनावश्यक कसिमनको भार बोक्नुपर्ने छैन ।
’सेयर बजार सञ्चालकको एक मात्र फ्रन्टलाइन रेगुलेटर नेप्सेले ब्रोकररहित सेयर बजार बनाउन प्रविधिमा थप लगानी गर्नुपर्ने हुनसक्छ’,जानकार बताउँछन्(’प्रविधिको फड्कोले आम लगानीकर्ताहरुलाई बिचौलिया(ब्रोकर)को व्ययभारबाट चाहिँ मुक्ति दिलाउनले राम्रो कुरा हो । बिजशालाबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here