गरीबको नाममा राजनीति कहिलेसम्म ?

0
55

नेपालमा जतिपनि शासकहरु सत्तामा रहे, बसे ती सबैले गरीबका लागि अनि गरीबकै हित, भलो गर्न आफूहरु सत्तामा आएको, आफूबाहेक अरुले गरीब, दुःखी, असहाय बिपननको सेवा अरु कसैले गर्न सक्दैन भन्दै आएका छन् । चाहे ती राण, राजा, पञ्च वा अरु जो कोही किन नहुन । गरीबीको पीडा माथिको राजनीति त्यतिबेलासमम बिकाऊ हुन्छ, जतिबेलासमम मानिसहरु अभाव र बिपन्नताको सामन्ती जाँतोमा पिसिइरहन्छन् । तसर्थ मानिसलाई गरीबीबाट माथि उकास्यो भने ऊ धनी हुन्छ, आफ्ना लागि आफै जोहो गर्दै घर, परिवार र समाजको व्यवस्थापनमा लाग्दछ । त्सबेला त्यो गरीबीबाट मुक्तिको चुनावी नारा बिकाऊ हुन्न । त्यही भएर जबसम्म जातीय र वर्गीय राजिितको बिभेदकारी शासनसत्ताको दुश्चक्र चलिरहन्छ, तबसम्म यहाँ सत्ताका आसेपासे, नेताका भरौटेबाहेक कोही धनी हुनसक्दैन । धनी हुन दिइदैन । किनकी आफ्नो चुनावी नारा बिकाऊ भएको नै मनपर्छ राजनिित गर्नेलाई । लोकतन्त्रमा राजनीतिले सवै वर्ग पेशा र व्यवसायका नागरिकलाई सान अवसर, सेवा र सुविधा उपलब्ध गराउँदछ । लोकतन्त्रमा कोही कसैमाथि बिभेद हुनु हुदैन । बिभेद भयो भने त्यो लोकतन्त्र नै भएन ।
तर बन्दुकको नलबाट सत्राको प्राप्ति र समाप्ति हुन्छ भन्ने अधिनायकवादी सोच, दृष्टिकोण र चिन्तन शैली लिएका, भएका र त्यही स्कूलिङबाट हुर्किउकाहरुमा लोकतान्त्रिक संस्कार, संस्कृति र परम्पारा अनि यसको मूल्य र मान्यतालाई व्यवहारमा अनुसरण गर्न समय लाग्ने रहेछ । अब संसारमा कह िकतै बन्दुकको नालबाट सत्ता प्रप्ति हुनसक्दैन, यदी हिंसाको सहारामा जनताको अभिमतभन्दा बाहिर गएर सत्ता प्राप्त गरियो भने त्यसको बिरोधमा प्रतिहिंसाले जन्म लिन्छ र कहिल्यै नसकिने हिंसाको राजनीतिभित्रको दुष्चक्रमा मुलुक फँस्दछ । लोकतन्त्रमा जनताको सर्वोच्चता भन्दा ठूलो र शक्तिशाली अरु केही कोही होइन, हुनसकदैन । अधिनायकवादी चिन्तन भएकाहरु यस सास्वत सत्यालाई स्वीकार्न सकिरहेका छैनन् । अबको संसारमा जनताबाट अनुमोदित भएरमात्र सत्ता सञ्चालन गर्न पाइन्छ, कोही कसैले जर्वजस्ती सत्ता कब्जाको षडयन्त्र ग¥यो भने त्यसको अन्त्य पनि अत्यन्तै दुखदायी हुने गरेको बिश्व इतिहासमा थुप्रै घटनाहरु छन् । अधिनायकवादको आयु लामो हुदैन, यसले देशमा बिकास र शान्ति स्थापना गर्न सकदैन । लोकतन्त्रको बिकल्प फेरिपनि लोकतन्त्र नै हो । तर मुठ्ठीभर शासक र तीनका आसेपासे, नातेदार सम्धी, सम्धिनी, साला साली र सन्तानको उननति प्रगतिमात्र राष्ट्रको समग्र उननति होइन ।
लोकतानित्रक समाजवादमा विपन्न, असहायहरुका लागि लोक कल्याणकारी नीत तजूृमा गरिएको हुन्छ, सरकारले त्यस्ता वर्गको आधारभूत आवश्यकता परिपूर्तिका लागि सहुलियत सामुदायिक पसलहरुको व्यवस्था गर्नसक्छ । राज्यले सहयोग गर्नसक्छ । हुने धनीमानीहरुले पनि त्यस्तो विपनन वर्गको हितका लागि सरकारको कल्याणकार िकाममा हातेमालो गर्नसक्छन् । तर सर्वहारा गरीबको कल्याणका लागि आफूहरु सत्तामा गएको बताउँदै चिल्ला गाडी चढेर अर्वौ भ्रष्टार गर्नेहरु किन गरीबका लागि बिशेष नीति ल्याउन चाहदैनन् ? कुरो प्रक्ष्ट छः, सबै गरीबहरु धनी सम्पनन भए भने गरीबी नारा काहाा बेच्नु ? फेरि पनि चुनाव आउँदा ती गरीब दुःखी हरुलाई तिमीहरुको मुक्तिदाता हामी नै हौं लो भोट हाल भन्न पाइएन भने त कसरी चुनाव जितर सत्ताकोे मस्ती मार्नु बित्यास परिहालछ नि । त्यसैले सर्वहाराका नेता हौं भननेहरुले गरीव र साँचिचकै सर्वहारालाई माथि उठनै दिंदैन । उसलाई गरीबको गरीब बनाइराख्यो अनि आफ्नो भोट बैंकको सुरक्ष गरि राख्यो । यो गरीको नाममा राजनीति गरेर गरीबलाई झन् गरीब बनाउने छोड अब । गरीबको नाममा राजनीति कहिलेसम्म ? २०७७ भदौ ३१ को सम्पादकीय टिपपणी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here