नेकपाको तीनवर्षे शासन ः हरुवा चरुवाहरुकै हाली मुहाली

0
91

बिर्तामोड । सत्ता बन्दुकको नालबाट पा्रप्त हुन्छ भन्ने स्कूलिङ्गबाट आएका नेपालका कमयुनिष्टहरुले निर्वाचन प्रणली र संसदीय अभ्यासलाई उपयोग गरेपनि यसको संस्थागत बिकासमा ध्यान दिनुभन्दा यो प्रणालीको धज्ज्ी उडाउनमा ब्यस्त हुन्दै आएका छन् ।
लोकतान्त्रिक संसदीय व्यवस्थामा जनमतको कदर हुनुपर्छ, जनताबाट अनुमोदित भएर मात्र शासनसत्रामा जान पाइन्छ, जनताबाट तिरस्कृत र बहिष्कृत भएकाहरुले अर्को चुनावको प्रतीक्षा गर्नुको बिकल्प रहन्न । तर अहिलेको सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीले निर्वाचन हारेका (वडा सदस्यदेखि संसदीय निर्वाचनसम्म)का लाई संघीय संसदको साँसद, आयोगको प्रमुख, प्रदेश प्रमुखदेखि उच्च ओहोदामा मनोनयन गरेर जनमतको घोर अपमान गरिरहेको छ ।
हरुवा, चरुवाहरुलाई सत्ताको उपल्लो निकायमा मनोनित गरेर जनतालाई तिमीहरुले चुनाव हराएको मान्छेलाई हामीले टिपेर याहाँ पु¥याउँन सकछौं भनेर चुनौति दिइरहेका छन् सत्ताधारीहरु । उनीहरु जनतालाई दाश सम्झीरहेका छन् ।
यसैक्रममा केपी ओली नेतृत्वको नेकपा र ओली सरकारले नारायणकाजी श्रेष्ठलाई राष्टि उसभाको सदस्य मनोनित गरेको छ । श्रेष्ठ गोरखा क्षेत्र नं. २ बाट गत संसदीय निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा पराजितहुनुभएको थियो । त्यसैगरी झापाको मेची नगर नगरपालिकोको मेयरमा पराजित बिष्णु प्रसाईलाई यो सरकारले बागमती प्रदेशको प्रदेश प्रमुखमा मनोनयन गरेको एकवर्ष भएको छ ।
त्यसैगरी तनहुँको भानु नगरपालिकामा मेयरमा पराजित भगवती न्यौपाने पनि राष्ट्रियसभा सदस्यमा मनोनित हुनुभएको छ भने कपिलबस्तुको बाँणगँगाा नगरपालिकामा मेउरमा चुनाव हारेका बिमला घिमिर समेत राष्ट्रियसभा सदस्यमा मनोनित हुनुभएको छ । सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिकाको वडा सदस्यमै पराजित भएका सिंहबहादुर बिक पनि राष्ट्रियसभा सदस्यमा मनोनित हुन सफल हुनुभएको छ ।
दाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ (क) मा प्रदेश साँसदमा पराजित जगप्रसाद शर्मा राष्ट्रियसभा सदस्यमा मनोनित हुनुभएको छ । प्रदेश नं. १ को ताप्लेजुङ मेरिङदिन गाउँपालिकाको वडा सदस्यमै पराजित हेमकुमारी साँवा लिम्बू पनि राष्ट्रियसभा सदस्यमा मनोनित हुनुभएको छ भने चितवन नगरपालिकोको मेयरमा प्रचण्डपुत्री रेणुदाहाल सहमुहले मतपत्र चपाएर गणनास्थलमै निलेपछि पराजित भएका देवी ज्ञावली पनि राज्यमन्त्री सरहको सुविधा पाउनेगरी सुकुम्बासी समस्या समाधान आयोगको कन्दीय अध्यक्षमा मनोनित हुनुभएको छ ।
यता दाङ्गको निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा पराजित बामदेव गौतम पनि राष्ट्रियसभामा मनोनित हुन लाग्नुभएको छ । गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न नेकपा सचिवालय बैठकले गत भदौ १८ गते नै निर्णय गरिसकेको छ ।
गौतमले प्रतिनिधिसभामा चुनाव हारेपनि राष्ट्रियसभामा सदस्य बन्दै संविधान संशोधनमार्फत देशको प्रधानमनत्री हुने चाहना राख्नुभएको छ । नेपालको संविधानले प्रतिनिधिसभामा निर्वाचित सदस्यमात्र बहुमतप्राप्त सम्बन्धित दलको संसदीय दलको नेत ाबनेमा प्रधानमनत्री बन्न पाउने प्रावधान रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here