सर्वहाराका नेताहरु कति महङ्गो गाडी चढछन् ?

0
1649

बिर्तामोड । गरीब, निमुखा सर्वहारका मुक्तिका लागि आफूहरुले संघर्ष गरेको र सत्तामा गएपनि नगएपनि सर्वहारावादी जीनपद्धति अवलम्बन गर्ने भन्दै अभाव र बिपन्नताको जाँतोमा अनेकखाले पीडाले पिल्सिएका गरीबहरुको न्यून चेतनस्तस्तरको फाइदा उठाउँदै गरीबको मुक्तिदाता हामी नै हौं भन्दै सत्ताको सिंढी चढेकाहरुको जीव शैली अहिले कसरी बितिरहेको छ त ?
ती गरीब, निमुख, दुःखी दाखीहरुले सर्वहारा कहलिएका आफ्ना नेतहरुको गतिविधिको बारेमा सोच्न, बिचार गर्न र भेउ पहिल्याउन नसके पनि सचेत लोकतन्त्रवादी नागरिक समाज र देश जनताकाप्रति इमान्दार पत्रकारहरुले यो सामन्ती शैलीको हर्कतलाई सार्वजनिक गरिरहेकै छन् ।
अहिलेका सत्ताधारी सर्वहारा कम्युनिष्टहरुको जीवन शैली, उनीहरुले ज्यूनार गर्ने भोजनादी, पहिरन, गहनादी, बस्त्रादी मात्र होइन, मोबाइल, फोन, ल्यापटप, घडी, कम्प्युटर, गाडी आवास, निवासादीलाई हेर्नै हो भने कुनै राजा महाराजाको भन्दा कम शौखिन देखिदैन ।
तिनलाई भोटहाल्नेको घरका चुलो बल्न छोडेको छ, अभाव र बिपन्नताको समस्याले जनता छट्पटाइरहेका छन्, तर यी सर्वहाराका नेता, तिनका सम्धी, साला, साली, जेठीसासु, ज्वाई, बुहारी, भतिजो, भान्जो, सोल्टी, ससुरो, झडकेलो, आसे, पासे करासे, हुकके, बैठके, ढोके, द्वारे, पाले, चम्चे, चाकरे, चाप्लुसेदेखि लिएर माफिया, डन, तस्कर, लुटाहा, फटाहा, जडहा, हुल्याहा, छुलयाहा, भँडुवा, डुलुवा, निकम्मा हाम्रोदेशमा राज गरिरहेका छन् । देशलाई लुटिरहेका छन् । जनतालाई सताइरहेका छन् । लुट, भ्रष्टाचार, कमिशनखोरी र बेथिति त यसरी बढेको छ कि पञ्चायतमा पनि यस्तो अचाक्ली त भएको थिएन भन्ने जनगुनोहर व्यापक सुनिन थालेको छ ।
हुन त संसदीय कालखण्मै शेर बहादुर देउवाले नेपालको राजनीतिमा सुर, सुन्दरी, प्राडो, पजेरो जस्तो बिकृत राजनीतिक कुसंस्कारको थालनी गर्नुभएको दाष लाग्दै नआएको होइन । तर अहिले सर्वहारा, बामपन्थी, कम्युनिष्ट राजनीतिज्ञहरुको भ्रष्टाचार र सौखिनका विषयले अहिले राजनीतिक बजार तातिएको छ । अधिकांश नेताहरुको जीवनशैली र नागरिकको जीवनस्तरबारे तुलना गरेर राजनीतिक परिवर्तनको आभास जनताले गर्न नपाएको विश्लेषण हुँदै आएको छ ।
यसैबेला प्रधानमन्त्री केपी शर्मा ओलीका मन्त्रीहरुले चढ्ने गाडीबारे चर्चा चलिरहेको छ । ओलीको मन्त्रिपरिषद्का बाहल तथा पूर्व सदस्यहरु सवार गाडीको मुल्यबारे अहिले चर्चा चलिरहेको छ । यसैक्रममा सोहीबारेमा यहाँ जानकारी दिन खोजिएको हो ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले टोयोटाको ल्याण्डक्रुजर गाडी चढ्नुहुन्छ् । उक्त गाडीको मुल्य दुई करोड नेपाली रुपैयाँ पर्नेछ ।
यस्तै प्रचण्डकी बुहारी तथा खानेपानी मन्त्री बीना मगरले पनि दुई करोड रुपैयाँ पर्ने टोयोटाकै ल्याण्डक्रुजर गाडी चढ्नुहुन्छ् । वनमन्त्री शक्तिबहादुर बस्नेत र कृषि मन्त्री चक्रपाणि खनाल पनि दुई करोड रुपैयाँ पर्ने नै टोयोटाकै ल्याण्डक्रुजर गाडी चढ्दै आउनुभएको छ ।
अर्थमन्त्री युवराज खतिवडा एक करोड १५ लाख रुपैयाँ पर्ने निशानको एक्सट्रेल, गृहमन्त्री रामबहादुर थापा बादल एक करोड २५ लाख रुपैयाँ पर्ने मित्सुबिसीको पजेरो र ऊर्जामन्त्री वर्षमान पुन ९३ लाख रुपैयाँ पर्ने हुन्डाईको टक्सन गाडी चढीरहनु भएको छ ।
साथै खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा ६२ लाख ५६ हजार रुपैयाँ पर्ने हुन्डाईको क्रेटा गाडी चढ्ने गर्नुभएको छ । यसका साथै कुनै बेला ओलीको मन्त्रिपरिषदका सदस्य रहेका पूर्वमन्त्रीहरु पनि महंगो गाडी चढ्ने गरेका छन् ।
प्रधानमन्त्री ओलीको विश्वासपात्र (७० करोड काण्डका कुशल पात्र) गोकुल बाँस्कोटा दुई करोड रुपैयाँ पर्ने टोयोटा ल्याण्डक्रुजर गाडी चढनुहुन्छ् भने जनता समाजवादीका केन्द्रीय समिति अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव पनि दुई करोड रुपैयाँ पर्ने नै ल्याण्डक्रुजर गाडी चढ्ने गर्नुभएको छ । कुनै समय साइकल चढेर मन्त्राल जाने पूर्वमन्त्री लालबाबु पण्डित लाखौं बैक व्यालेन्ससहित एक करोड मुल्य पर्ने फोर्ड इन्भेडर गाडी चढ्ने गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here