को को बन्दैछन् नयाँ मन्त्री

0
100

काठमाडौं । आफू बिरुद्ध आउनेलाई थकाउने, गलाउने, प्रलोभनमा पर्नै र अन्तमा आप्mनै एजेण्डामा लम्पसार पर्न बाध्य पादैृ आउनुभएका नेकपाका पहिलो बरियताका अध्यक्ष तथा प्रधानमनत्री केप ीओलीले संघदेखि प्रदेशसममको मन्त्री मण्डलमा हेरफेर गरेर आफ्नो सत्ताको आयु सुरक्षित गर्न लाग्नु भएको छ ।
पार्टी भित्रको बिरोधी खेमालाई थकाउने, फकाउने, लोभ्याने र चोख्याउने रणनीति अपनाउँदै आउनुभएका ओलीले आफ्नो बिरोध गर्ने खेमा र व्यक्तिहरुलाई मनत्री पद बाँडेर बिरोधको आवाजलाई थामथुम पार्दै हुनुहुन्छ । यही तयारी अनुरुप मन्त्रिपरिषद् पुर्नगठनको अन्तिम तयारी भइरहेको स्रोतको दावी छ ।
१८ भाद्रमा बस्ने सचिवालय बैठकले विवाद समाधानको खाकालाई टुंगो लगाए मन्त्रिपरिषद् पुर्नगठन हुनेछ । मन्त्री बन्नेमा कार्यदलमा रहेकामध्येका भीम रावल, सुरेन्द्र पाण्डे, जर्नादन शर्मा र पम्फा भुषाल हुने पक्कापक्की छ । जर्नादन शर्माले प्रचण्डलाई फकाउने र ओलीलाई अप्रत्यक्ष रुपमा सघाउने भुमिका खेलेका निवाह गर्दै आउनुभएको थियो । भीम रावल पछिल्लो समय ओलीको विरोध गर्न छाड्नुभएको छ भने माधव नेपाल खेमाका भनि चिनिनुभएका सुरेन्द्र पाण्डे प्रायः मौन नै बस्दै आउनुभएको छ।
महासचिव विष्णु पौडेल पनि चाहना राखे उपप्रधानमन्त्री सहित मन्त्री बन्नसक्नुहुनेछ् । नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्रीसहित मन्त्री बनेमा पौडेललाई वरियतामा माथि राख्ने तयारी पनि भएको छ । पौडेलले ओलीलाई सत्ता संकटमा निकै साथ दिनुभएको थियो । बामदेवलाई मिलाउन उनैले पौडेलले रहस्यमय भुमिका खेल्नुभएको थियो ।
कस्ले कुन मन्त्रालय पाउने भन्नेबारे घनिभुत छलफल अघि बढेको छ । विशेषगरी ओली र प्रचण्डले यसबारे छलफल अघि बढाइरहेको समाचार स्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here