कांग्रेसमा नवप्रवेशीलाई स्वागत र पुरानालाई सम्मान

0
87

शनिश्चरे । नेपाली कांग्रेसका नवप्रवेशी एवम पुराना कार्यकर्ताबिचको परिचयात्मक कार्यक्रम झापाको अर्जुनधारा १० कालीझोडामा आइतबार सम्पन्न भएको छ । केही समय अघि विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका एवम पार्टीमा लामो समयदेखी योगदान पुर्याएका पुराना कार्यकर्ताबिच परिचयसँगै नयाँलाई स्वागत र पुरानालाई सम्मान समेत गरिएको हो ।
टोल न.५ ले आयोजना गरेको कार्यक्रममा झण्डै एक दर्जन नवप्रवेशीलाई स्वागत गरिएको थियो । त्यसैगरी बि.सं.२०१६ सालदेखि अनवरत पार्टीप्रति आस्था राख्दै साथ र सहयोग गर्ने ६ जना सदस्यहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी तथा कांग्रेसका केन्द्रीय सदस्य एवम पूर्वमन्त्री केशवकुमार बुढाथोकीले सम्मानपत्र सहित खादा ओढाएर सम्मान गर्नुभयोे ।
टोल न.५ का अध्यक्ष गोबिन्द पोख्रेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा कांग्रेस महाधिवेशन प्रतिनिधि मोहन लिम्बूले स्वागत मन्तव्य राख्नु भएको थियो । स्थानीय युवा खगेन्द्र सुवेदी लगायतले शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन वडा सचिव टीकाराम कङ्लिवाले गर्नु भएको थियो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here