गाउँको बाटो उद्घाटन गर्दै मुख्यमन्त्रीले भन्नुभयो, जनताको सरकार जनताकै आँगनमा

0
111

शनिश्चरे । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले जनताको सरकार जनताकै धर दैलोमा आउने र जनतालाई सेवा सुविधा दिने बताउनुभएको छ ।
झापाको अर्जुनधारा नगरपालिका वडा नं. ६ र ९ स्थित माता मन्दिर प्रणामी मन्दिरसम्मको मुख्यमन्त्री ग्रामीण पूर्वधार सडक परियोजना अन्र्तगत डेढ किलोमिटर लम्बाईको नवनिर्मित सडक आज ( साउन २९ गते) प्रमुख अतिथिको रुपमा रिबन काटेर उद्घाटन गर्दै मुख्यमन्त्री राईले अब सरकार खोज्न पहिला पहिला जस्तो सिंहदरबार जानु नपर्ने सरकार आफैं जनताको घर दैलोमा बिकास लिएर आउने बताउनुभयो ।
देश संघीयतामा गएको र जनताले अब तीन तहको सरकार भेट्ने बताउँदै मुख्यमन्त्री राईले स्थानीय प्रदेश र केन्द्रले मिलेर जनताका समस्या तत्काल समाधानमा काम गरिरहेको पनि बताउनुभयो । सानातिना काम स्थानीय स्तरबाट, मझौला प्रकृतिका प्रदेश सरकारबाट र ठूला आयोजनाहरु संघीय सरकारबाट पुरा हुने पनि उहाँले जनाउनु भयो ।
शान्ति निर्माण सेवाले २०७७ बैशाख २२ गते सम्झौता सम्झौता गरेर ०७७ असार २१ म निर्माण सम्पन्न गर्नुपर्ने भए पनि भारी वर्षाका कारण निर्माणकार्य केही ढिला हुन गएको ठेकदार कम्पनीका साझेदार अनिल भट्टराईले बाताउनुभयो । कूल ८८ लाख ११ हजार एक सय ७१ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको उक्त सडक खण्डको १५० मिटर भाग निर्माणमा बजेट अभाव भएपछि अर्जुनधारा नगरपालिकाले आ.व. २०७७।०७८ को बजेटबाट निकासा दिनेगरी १० लाख रकम बिनियोजन गरेपछि निर्माणकार्य सहज भएको निर्माण व्यवसायी संघ झापाका अध्यक्ष तथा स्थानीय बासिन्दा मिलन बस्नेतले जानकारी दिनुभयो ।
अर्का स्थानीय बासिन्दा यामबहादुर कार्कीले पाँच मिटर चौडाई र ३० एम. एम. प्रिमिक्स क्याप्चर कालोपत्रे भएको र स्थानीय बासिन्दा अनि उपभोक्ता समितिको प्रत्यक्ष निगरानीमा निर्माणकार्य सम्पन्न भएका कारण ठेकदारबाट कुनै लापरवाही नभएको बताउनुभयो ।
निर्माण समितिका अध्यक्ष रामप्रसाद भट्टराइको सभापतित्वमा भएको सो बाटो समुद्घाटन कार्यक्रममा बाटो निर्माणमा राम्रो कार्यसम्पादन गरेको भन्दै शान्ति निर्माण सेवालाई उपभोक्ता समितिले मायाको चिनोले सम्मान गरेको थियो । उक्त सम्मान पत्र मुख्यमन्त्री शेरधन राईले निर्माण कम्पनीका साझेदार अनिल भट्टराईलाई हस्तान्तरण गर्नुभयो ।

र्माण समितिका उपाध्यक्ष सूर्यप्रसाद अधिकारीले स्वागत र श्याम घिमिरे सञ्चालन गर्नुभएको सो बाटो समुद्घाटन कार्यक्रममा प्रदेश सरकारका कृषिमन्त्री राम राना, प्रदेश सांसद् बृख प्रधान, अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार राना, सविधानसभाका सभाषद प्रेमबहादुर गिरी, नेकपाका झापा जिल्ला अध्यक्ष चिन्तन पाठक लगायतको सहभागिता रहेको थियो ।
बिहीबार अपरान्ह १२ बजेतिर अर्जुनधारा आइपुग्नुभएका मुख्यमन्त्री राईलाई नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी लगायत विभिन्न राजनीतिक दलका नेता अगुवाहरु सामाजिक व्यक्तित्वहरुले स्वागत गर्नुभएको थियो । अर्जुनधारा नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा मुख्यमन्त्री राईले उपस्थितसँग साक्षत्कार गर्दै अर्जुनधाराको विकासमा जोडिन पाउँदा हर्षित भएको बताउनुभयो ।
त्यस पश्चात अर्जुनधारा जलेश्वरधाम जाने बाटोमा रहेको कृष्ण–अर्जुन रथको प्रतिमाको उद्घाटन गर्नुभयो । प्रतिमाको उद्घाटन पश्चात माता मन्दिरदेखि प्रणामी मन्दिरसम्मको डेढ किलोमिटर सडक उद्घाटन गरेर अर्जुनधारा–१ र २ को बेलटार स्थित प्रदेश सरकार र अर्जुनधारा नगरपालिकाको संयुक्त लगानीमा बनेको दूग्ध संकलन केन्द्र (चिलिङ सेन्टर)को उदघाटन गर्नुभएकोे हाम्र सम्वाददाता गणेश थपापाले जनाउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here