सहारा नेपालको सप्ताहव्यापी कार्यक्रम सम्पन्न

0
63

चरपाने । बचत तथा ऋण कारोबारमा देशकै अग्रणी बितीय संस्था सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लक्ष्मीपुर सेवा केन्द्रले शुरु गरेको सचेतना सप्ताह अन्र्तगत सातदिनमा सातकार्य सम्पन्न गरेको छ ।
प्राकृतिक प्रकोप पुर्व तयारी सचेतना , तथा वृक्षरोपण कार्यक्रम अन्र्तगत शनिवार कार्यक्रमको अन्तिम दिन वृक्षरोपण तथा खुत्रुके र मास्क वितरण गर्दै सचेतना सप्ताह कार्यक्रम सम्पन्न भएको हो ।
संस्थाले कनकाई नगरपालिका वडा नं. ८ स्थित विरिङ खोलाको तटबन्ध सुनौलो बस्तीमा एकसय बटा मसला वृक्षारोपन गरेको छ । त्यसैगरी समुह नं. ६० का १७ जना महिला सदस्यहरुलाई खुत्रुके र मास्क वितरण कार्यक्रम गरेको लक्ष्मीपुर सेवा केन्द्र प्रमुख उमेश भारतीले जानकारी दिनुभयो ।
सुनिता राईको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि सहारा नेपाल सचालक समिति बरिष्ठ उपाध्यक्ष हरिप्रसाद निरौलाले रहेका थिए । प्रमुख भारतीले स्वागत तथा कार्यक्रमको औचित्य माथि प्रकाश पारेको कार्यक्रमलाई सञ्चालन कर्मचारी खगेन्द्र निरौलाले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here