बिर्तामोड नपाद्वारा कृषकलाई तालिमसहित बाख्रा बितरण

0
54

बिर्तामोड । बिर्तामोड नगरपालिकाले वडा नं. ७ को श्रीजङ्गा बाख्रापालन कृषक समूहलाई तालिमसहित ४५ वटा बाख्रा वितरण गरेको छ ।
नगर प्रमुख पकेट प्याकेज कार्यक्रम अन्तरगत ग्रामीण बाख्रा साटासाट कार्यक्रममार्फत् वडा नं. ७ का कृषि समूहलाई बाख्रा वितरण गरेको छ । आर्थिक वर्ष २०७६।०७७ को कार्यक्रम अन्तरगत बाख्रा वितरण गरिएको हो ।


नगर उपप्रमुख पबित्रा महतारा प्रसाईको अध्यक्षता र नगरप्रमुख ध्रुवकुमार सिवाकोटी प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशिष्ठ अतिथि वडा नं. ७ का कार्यवाहक अध्यक्ष चन्द्रकला पकुवाल, शाखा प्रमुख साबित्रा कुमारी दाहाल, वडा सदस्य सूर्यबहादुर लावती लगायतकको उपस्थित रहेका थियो ।
कार्यक्रमको सञ्चालन पशुपन्छी तथा मत्स्य विकास शाखाका प्राविधिक विष्णुप्रसाद भट्टराईले गर्नु भएको थियो । वितरण गरिएको बाख्रा नमुना बाख्रा पालन कृषक समूह वडा न ८ र हरियाली बाख्रा पालन कृषक समूह वडा नं. ७ ले सम्झौता बमोजिम फिर्ता गरेका थिए ।

श्रीजङ्गा बाख्रा पालन कृषक समूहलाई नगरपालिका बिर्तामोड ले १५ वटा गोठ, बोयर जातको व्याडको बोका, ४५ वटा बाख्रा, तीन दिनको तालिमसमेत प्रदान गरेको छ । समुहमा आधारित बाख्रा साटासाट कार्यक्रम निकै प्रभावकारी रहेको किसानहरुले बताएका छन् । ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here