तिहार नेपालीको सद्भावपूर्ण पर्व

0

शुभदीपावली, तिहार नेपाली मात्रको सद्भाव र मित्रताको चाड पर्व हो । चेली र माइतीको पवित्र नातालाई युगयुगसमम कायम राख्न र माइतीको दीर्घायूको कामना गर्दै नेपाली चेलीहरुले निधारमा सप्तरङ्गी टिका र सयपत्री , मखमलीको टिाका गगाईदिएर टाउकोमा ढाका टोपी र गच्छे अनुसारको वस्त्रादी र उपहारहरु दिने प्रचलन नेपाली समाजमा परापूर्व कालदेखि नै रही आएको छ । हिन्दूमात्र होइन, सबै नेपालीले तिहार पर्वलाई धुमधामकासाथ मनाउने गरेका छन् । तराई मधेरमा तिहारलाई उज्यालोको पर्व दीपावलीलाई झिलीमिली तरिकाले मनाइन्छ भने पहाडमा आदिवासी, जनजाति र खस आर्यहरु सबैले निधारमा सप्तरङ्गी टिका लगाएर सयपत्री र मखमलीको मालामा सजिएर लिङ्गे पिङ, रोटेपङि खेलेर, देउसी भाली र नाचगान गरेर हर्ष र उल्लासकासाथ यो पर्व माइदै आएको पाइन्छ ।
केही व्यक्तिहरुले नेपालीहरुको महान चाड बडादशैं र तिहारको बिरोधमा नारा जुलूस गरेर, निधारमा कलैकको कालो टिका लगाएर असहमति जनाउने गरेप िजासंख्याको अति नै ठूलो हिस्साले यी पर्वहरु धुमधामकासाथ मनाउने गरेको छ । हिन्दू मान्यता र कथावस्तुमा आधारित भएता पनि नेपाल र भारतमा तिहार पर्व मनाउने तौर तरिकाहरु भिन्न, भिन्न छन् । निधारमा चामलको पिठोको रेखीमा सप्तरङ्गी रङ्गको टिका लगाउने,चेलीले माइती पुज्ने, उपहार र स्वानदिष्ट परिकारहरु आफ्ना माइती राजालाई खुवाउने र दीर्घायुको कामना गर्ने सबै नेपाली समुदायका बीच आम प्रचलन बनिसकेको छ । तर भारतमा नेपालको जस्तो चलन छैन । त्यहाँ आफ्नै प्रकारको त्यौहार मनाइन्छ । पटाका पड्काउने, आतिसवाजी गर्ने, झिलिमिली बत्तिहरु बलेर शहर बजार चम्किलो पार्ने त्याहाँको प्रचलन रहेको छ ।
साझा नेपाली मालिकता र परम्परालाई कुने जाति वा भाषीको परिधिभित्र मात्र संकुचित बनाउने र अरुले मान्दै आएको चडपर्वप्रति अनादार गर्ने, बिरोध जनाउने कार्यलाई सभ्य मानिसलाई नसुहाउने गतिविधिकारुपमा लिन सकिन्छ । सके सवैसँग खुसियालस् साटेर हर्ष उल्लासपूर्वक पर्व मनाउनु, नसके अरुको खुसी आफूले बिरोध नजनाउनु । अरुको खुसीमा आफू दुःखी हुने मानिस जीवनमा कहिल्यै खुसी र सुखी हुनसकदैन । उसलार्इै अरुको रीस, डाहा र औडाहा गर्दैमा फुर्सद हुदैन आफ्नालागि सोच्ने । सर्वे भवन्तु सुखिन, सवेृसन्तु निरामयको मुल मन्त्रलाई अनुसरण गरेमात्र लोकको कल्याण र मानव जातिको हित हुनसक्छ । बलिराजाको हुकुबाट खटिएका देसे भैलीहरुलाई यथासक्ये दान दक्षिणा गरेर नेपालीहरुले मनाउने यो पर्व नेपालीहरुको हर्ष, उल्लास र सद्भावपूर्ण पर्व हो । सबै मिले र नेपाली चाडपर्वहरु मनाऔ. । सबैले सवैको सम्मान र आदर गरौं । सभ्य समाज निर्माणमा सवै जुटौं । मिति २०७८ कात्तिक १७ गतेको सम्पादकीय टिपपणी ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here