दशैं नेपालीहरुको राष्ट्रिय चाड

0

दशैं । हर्ष र उललासको पर्व । अनि नेपाली मात्रको सांस्कृतिक धरोहर पनि । हिन्दू धर्मावलम्बीहरुका बीचमा पनि दशैं, निधारमा चामलको रातो टिका, सेतो टिका, जमरा लगाउने चलन नेपाली भाषी समुदायमा मात्र प्रचलित छ । संसारभर छरिएर रहेका नेपाली भाषी र जातिले यो पर्व परापूर्वकालदेखिनै धुमधामकासाथ मनाउदै आएका छन् । हिन्दूहरुको मात्र चाड हुँदो हो त भारतमा जति धेरै हिन्दू धर्मावलम्बीहरु अरु कुन देशमा होलान र ? तर, भारतमा भारतीयहरु चमलको अक्षतामा दही र रातो रङ्ग मिसाएर निधारमा टिका त लगाउँदैनन् । भारतवर्षमा दशैं यसरी मनाउने गरेको भएपनि त्यो नेपाली समुदायले मनाउने गरेका हुन् । त्यहाँ (प्रवासमा) नेपाली भाषी सबै जातजाति भाषभाषीहरुले एक आपसमा मिलेर दशै पर्व अत्यन्त हर्ष र उललासकासाथ मनाउने गरेको पाइन्छ । त्यहाँ कोही तागाधारी र मतवालीमा बिभाजित छैनन् । सबै एकाघरका दाजुभाई जसरी मिलेर, आत्मियताका साथ दशैं मनाउने गरेका छन् ।
दशैंको शुरुवात घटस्थापनाका दिनदेखि नौरथासम्म हिन्दू देवी देऊताको पूजा आराधनाबाट भएता पनि विजया दशमीका दिनदेखि पाँचदिन भने भारतीय हिन्दहरुको भन्दा पृथक ढंङ्गले नेपालीहरुले मनाउने गरेबाट पनि यो नेपालीहरुको पवित्र र साझा चाडपर्व हो । पहाडमा लिम्बू जातिले नगरा निशान बजाउने र दशैं आएको जनाउ दिने, दर्जीले नयाँ लुगा सिलाएर दशैंमा परिवारमा हर्ष र उमंङ्ग ल्याउने, कामी दाजुले हतियार अर्जापेर दशैंमा मांसहारिका लागि काटमार गर्न सहज बनाई दिने, ब्रम्हण देवीको पूजा आरधना गरी रुद्री, चण्डी पाठ गरेर देवीको महिमा गाउने, घर गाउँलाई शुद्ध बनाउने, बाटोघाटो निर्माण, मर्मत गरेर दशैंमा आउजाऊ गर्ने आगन्तुक पाहुनाहरुलाई सहज बनाई आफ्नो गाउँमा बिकासप्रेमी सजजनहरुको बसोबास छ भनेर सन्देश दिने, लिङ्गे पिङ, रोटेपिङ हालेर केटाकेटी, बस्यकहरुका लागि मनोरञ्जनको ब्यवस्था मिलाउने यो निकै पुरानो प्रचलनले संस्कार र संस्कृतिभित्रको सभ्यताको पहिचान दिदैं आएको छ ।
दशैंलाई हिन्दूहरुको मात्र चाडपर्व भनेर केही नेपालीले दशैं बहिस्कार गर्ने, रातो टिकाको बदलामा कालो मोसो निधारमा लगाएर बिरोध जनउने जस्ता अतन्तै दुःखदायी घटनाहरु प्नि हाम्रै देशमा हुन थालेका छन् । क्रिश्चियन मुलुक अमेरिका, युरोप, बौमार्गीहरुको बाहुल्यता भएको कम्युनिष्ट राष्ट्र चीनका राजदूतहरुले नेपालमा बिगतदेखिनै दशैंमा टिका जमरा जगाएर रमाउँदै चाड बनाउदै आत्मियता साटदै आएका छन् । तर अफूलाई क्रिश्चियन हौं भन्ने नव क्रिश्चियनहरु र केही आदिवासीहरुले दशैको बिरोध गर्दै आएका छन् । सकिन्छ सबैको पर्वमा रमाउने हो, नसके कसैको चाडपर्वको किन बिरोध गर्नु ? हरेक चाडपर्वले आपसी भाइचार र सद्भाव नै बृद्धि गर्ने हो । अनि किन अर्काको चाडको बिरोधमा नारा, जुलूस र कालो मोसो आफ्नै अनुहारमा दल्नु ? सबै नेपालीले मनाउँदै आएका सबै चाडपर्वहरुमा सबै मिलेर रमाउन सिकौं । कसैको बिरोध नगरौं । देश सबैको साझा हो । सबै मिलेर बिकास गरौं । बनाऔं । मिलेर चाडपर्वहरु मनाऔं । दशैं नेपालीहरुको राष्ट्रिय चाड हो । मिति २०७८ असोज २७ गतेको सम्पादकीय टिप्पणी ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here