धेरै आलोचित बन्ने काम नगर

0

प्रधानमन्त्री बनेको लामो समयसममपनि गठबन्धन दलका कारण मनत्री मण्डल बिस्तार गर्न नसक्नुका कारण आलोचना खेपीरहनुभएका शेरबहादुर देउवा न्यायालयका प्रमुखलाईसमेत मन्त्रीको भागबण्डम गर्नलागेको भन्ने भन्ने प्रचारले झन् आलोचित बनिरहेको अवस्था छ । सर्वोच्च अदालतका प्रधान न्यायाधिस चोलेन्द्र शम्सेर जवराको कोटाबाट उहाँका जेठान गजेन्द्र हमाल मन्त्री बन्दैछन् भन्ने हल्लाले बजार चुलिएको छ । साँचै यो हल्ला मुताविक नै मन्त्री बनेको खण्डमा सरकार र न्यायालयका बीचको भागबण्डाले नियन्त्रण र सन्तुलनको लोकतान्त्रिक मापदण्ड बिग्रन्छ । सबै कुरा सेटिङ्गमा हुन्छ, हुँदोरहेछ भनने कुराले जनतामा घोर निरासा जगाउन सक्छ, यसले लोकतन्त्रको स्थायित्व र बिश्वासको वातावरणमा तुसारापात शुरुहुन्छ । लोकतन्त्र भनेको पूर्णतया विधिको विधानबाट चल्ने शासन प्रणली हो, जहाँ जनताको नैसर्गिक मौलिक हक अधिकारको सुरक्षासहित जनचाहनालाई समेटिएको हुन्छ ।
लोकतन्त्रमा शासन सत्तामा बस्नेले जे काम पनि जनताबाट अनुमोदन गराएर मात्र गर्न पाउँछ । जनतालाई जर्वजस्ती लादेर शासन चलाउने व्यवस्था होइन लोकतान्त्रिक प्रणाली भनेको जनताको इच्छा, चाहना र उनीहरुकै रोजाईमा चल्ने व्यवस्था हो । लोकतन्त्रमा शासक मन परेन भने वनताले आवधिक निर्वाचन मार्फत फेर्न सक्छन्, परिवर्तन गर्छन । निरंकुशता, एकदलीय वा एक पक्षीय अधिनायकवादी शासनमा मात्र जनतालाई झुक्याएर, जालझेल गरेर, लादेर शासन गरिन्छ । जो लोकतन्त्रमा सम्भव छैन, हुँदैन । लोकतन्त्र भनेको जनताल,े जनताका लागि र जनताद्वारा गरिने शासन व्यवस्था हो । यस्तो व्यवस्थामा विधि अन्तर्गत शासन सत्ता चल्नुपर्छ । कुनै सेटिङ्ग, फेटिङ्ग हुनुहुँदैन । जनता सेटिङ्ग जान्दैनन् । जनताले आफूले मतदान गरी जिताएका प्रतिनिधिले संविधानको मर्म र भावना अनुसार जनहितकारी, लोक कल्याणकारी ढंङ्गले शासन चलाउन भनने चाहेका हुन्छन् ।
जनताको यही चाहनालाई लोकतन्त्रमा सम्बोधन हुनुपर्दछ । लोकतन्त्र भनेको जनताको चाहनामा चल्ने शासन हो भनेर माथि नै भनिसकिएको छ । जनताको पक्षमा काम गरिदैन, गर्न सकिदैन भने त्यो लोकतन्त्र होइन । जनताका नाममा राजनीति गरेर जनताकै लागि काम गर्न सत्तामा गएकाहरु सीमित सुविधाभोगी वर्गको सेवका लागि सेटिङ, फेटिङमा लाग्नु हुँदैन । दलाल, नोकशाही र माफियाको सेवामा साझेदार झैं बनेर लाग्नेहरु त झन् जनबिरोधी धोकेवाजहरु ह्ुन् । यस्ताबाट लोकतन्त्रको रक्षा हुन सक्दैन । लोकतन्त्र एउटा परिस्कृत संस्कार र सभ्यता पनि हो । अरु शासनभन्दा बढी जनउत्तरदायी शासन नै लोकतन्त्र हो । लोकतन्त्रमा सत्तामा पुगेर पनि लोकहित बिवरित काम गर्नेहरु सच्चा लोकतन्त्रवादी होइनन् । हुनसक्दैनन् । त्यसैले जनताले लोकतन्त्रको आवरणमा सत्तामा पुगेका र प्ग्न चहनेहरुको सुक्ष्मा बिश्लेष गरिरहेकै छन् । नेपालको पहिलो र ठूलो लोकतान्त्रिक दल नेपाली काँग्रेसको नेतृत्वमा रहेको अहिलेको गठबन्धन दलको सरकारले यस्ता जनताका लागि अरुचीकर कार्यहरु गर्नुहुँदैन । बेलैमा सद्बुद्धि पलाओस् । लोकतान्त्रिक भनिएको सरकार धेरै आलोचित पनि नबनोस् । मिति २०७८असोज २० गतेको सम्पादकीय टिपपणी ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here