कांग्रेस महाधिवेशन गर्न ढिलाई नगर

0

देशकै पहिलो र ठूलो प्रजातान्त्रिक दल नेपाली काँग्रेसको १४ औं महाधिवेशन निर्धारित मितिभन्दा डेढवर्ष बढी समय व्यतित् भईसक्दा पनि सभापति शेर बहादुर देउवा महाधिवेशन गराउने सवालमा उदासिन बन्नु पार्टी, राष्ट्र र लोकतन्त्रप्रेमी, स्वाभिमानी देशभक्त जनताका लागि अत्यन्तै दुखद् कुरा हो । क्रियाशिल सदस्यता सम्बन्धी बिवाद समाधान र संविधानले दिएको सुविधाको समय सीमाभित्रै कहाधिवेशन नगरे नेपाली काँग्रेसको वैधानिक अस्तित्व रक्षामा संवैधानिक संकट आउनसक्ने तर्फ किन शेर बहादुर र अरु बहादुर (?) हरुको ध्यान जान सकिरहेको छैन ? सबभन्दा पहिलो, ठूलो, अनि अरुलाई लोकतन्त्र सिकाउने पार्टीको आन्तरिक जीवनभित्र देखिएको नेतृत्वमा रहनेको अलोकतान्त्रिक चरित्र र ब्यवहारले काँग्रेसकाप्रति अनेक टिकाटिप्पणी गर्नेहरुका लागि गतिलो मसला मिलेको छ । यसतर्फ नेतृत्वमा बस्नेहरुको किन ध्यान नगएको ? किन संवेदनशील हुन नसकेको ? नेपाली काँग्रेस अहिले नेतृत्वमा रहेका एक दर्जन मानिसहरुले मात्र बनाएको पार्टी होइन । यो पार्टी निमाणका निमित्त हजारौं हजारले ज्यानको आहूति दिएका छन् । सर्वस्वहरण, जेल, नेल यातना, निर्वासन अनेक दुःख कष्ट भोग्नु परेको छ लाखौं, लाख कार्यकर्ताहरुले ।
राष्ट्र राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई आफ्नो मार्गदर्शक सिद्धान्त मानेर लोकतान्त्रिक गणतन्त्रभित्र बहुलवादसहितको बहुदलीय प्रतिष्पर्धा गरिरहेको नेपाली काँग्रेसले समयमै आफ्नो महाधिवेशन गर्न नसक्नु चाँहि बिडम्बनाको बिषय नै हो । कोभिड १९ का कारण गतवर्ष महाधिवेशन हुन सकेन । पहिले कहिल्यै नदेखिएको रोग भएको हुँदा डर त्रासको स्थिति थियो, एकवर्ष ढिलाभयो यो सवाललाई मान्न सकिएला । तर गतवर्ष नै त्यत्रो कोभिड महामारीकाबीच पनि अमेरिकाले आम निर्वाचन नै गरेको त काँग्रेसको नेतृत्वलाई थाहा नभएको बिषय होइन नि । एउटा जीवन्त प्रजातान्त्रि संगठनको फलामे अनुशासन भनेको आवधिक निर्वाचन हो । राज्यसत्ता सञ्चालनमा आवधिक निर्वाचन र विधिको शासन खोज्नेले पार्टीसत्ता सञ्चालनमा विधिको विधान पालना गर्नुपर्छ कि पर्दैन ? टारेर, केही दिनका लागि तदर्थवादी ढं)ङ्गमा पदको आयु लम्ब्याएर कुर्सीमा बसिरहनेलाई लोकतान्त्रिक पार्टीको नेता हुँ भन्न मिल्दैन । नेपाली काँग्रेसले राणको अन्धकारमय निरंकुश शासनकाल, फासिष्ट पञ्चायती अधिनायकवादी कालमा पनि आफ्नो अधिवेशनहरु सम्पन्न गरेको इतिहास छ । सातवटा महाधिवेशनहरु त् काँग्रेसले भाग्दै, लुक्दै, निर्वासनमा रहदै पनि सम्पन्न गरेको इतिहासलाई किन बिर्सेको अहिलेको नेतृत्वले ?
पर्टीहरुका सांगठानिक धारातलको जग बलियो बनाउनमा जनवर्गीय भतृसंस्थाहरुको महत्पूर्ण भूमिका रहेको हुन्छ । तर नेपाली काँगे्रसको अहिलेको नेतृत्वले भातृ तथा शुभेच्छुक संघ संस्थहरुको महाधिवेशन समयमै गराउन सकेको छैन । शुभेच्छुक संस्था नेपाल प्रेस युनियन, भातृसंस्था तरुण दल, दलित संघ लगायत दुई दर्जन संस्थाहरुको आवधिक महाधिवेशन हुन सकेको छैन । एक कार्यकालका लागि नेतृत्वमा पुगेकाहरुले पुरै दूई कार्यलालको समय ब्यतित गर्द पनि नेतृत्वमा बस्नेहरु महाधिवेशन गर्नतिर लागेनन् । उनीहरुलाइृ आफू लोकतान्त्रिक संस्थाको फलानो पदको फलानो मानछे हुँ भनेर परिचय दिइरहन कुनै लाज सरम लाग्दै लागेन त के गर्नु ? आफ्नो प्यानल वा गुट कमजोर जस्तो देखेपछि त्यो संस्था वा संगठनको महाधिवेशन नै नगराउने र अवैधानिकरुपमा आफ्नो गुटको पूजारीलाई नेतृत्वमा टाँसीराख्ने लोकतान्त्रिक संगठनको अलोकतान्त्रिक गतिविधिले विधिको पालना गर्नुपछ भन्ने संगठनकाप्रति इमान्दार, निष्ठानहरुमा घोर निरासा छाएको छ । भातृ तथा शुभेच्छुक संस्थाहरुको महाधिवेशन हुन नदिएर रोकेर संगठनमा कब्जा जमाउन सकिंदैन र संगठन बलियो पनि हँुदैन । सबै संस्थहरुको महाधिवेशन नेपाली काँग्रेस पार्टीको महाधिवेशनपछि आउने नेतृत्वले खुला गरोस् । यसै नेतृत्वबाट त केही होला जस्तो छैन । काँग्रेसलाई अवैध संगठन हुन नदिन पार्टी महाधिवेशन तत्काल शुरु गर । ढिलाई गर्दै नगर । मिति २०७८ भदौ १० गतेको सम्पादकीय टिप्पणी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here