ओलीले स्पष्टीकरण सोधेपछि नेपाल पक्ष जुट्यो छलफलमा

0

बिर्तामोड । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक राखेर प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिनिधि सभामा विश्वासको मत दिएका एमालेका २२ सांसदलाई स्पष्टीकरण सोधेपछि नेता माधवकुमार नेपाल पक्षका नेताहरू छलफलमा जुटेका छन् ।

अध्यक्ष ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा नगएर नेपाल पक्षले छुट्टै छलफल गरिरहेको छ ।

नेपाल पक्षको बैठक डल्लुमा चलिरहेको स्रोतले जनाएको छ । बैठकमा पार्टीले सोधेको स्पष्टीकरण र आगामी रणनीतिबारे छलफल हुने जनाइएको छ ।

आइतबार प्रतिनिधि सभामा माधव नेपालसहित २२ जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका हुन् ।

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने सांसदलाई अध्यक्ष ओलीले केन्द्रीय कमिटीबाट २४ घण्टे स्पष्टीकरण सोधेका छन् ।

यसअघि नेपाल पक्षकै सांसदका आधारमा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here