अग्रज पत्रकार भण्डारीलाई उत्कष्ट नागरिक सम्मान

    0

    बिर्तामोड । प्रेस स्वतन्त्रता र नागरिक आन्दोलनका अगुवा अग्रज पत्रकार चन्द्र भण्डारीलाई विरता जेसीजले उत्कृष्ठ नागरिक सम्मान प्रदान गरेको छ ।
    नेपाल पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारीलाई शनिवार बिर्तामोडमा आयोजित भब्य समारोहकाबीच वीरता जेसीज वर्ष २०२१ को उत्कृष्ट नागरिक सम्मान प्रदान गरेको हो ।
    नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक नेपाललाई लोडसेडिङ मुक्त बनाउने कुशल प्रशासक कुलमान घिसिङले सम्मानित भण्डारीलाई सम्मान पत्र प्रदान गर्नु भएको थियो । पत्रकारिताका महान व्यक्तित्व भण्डारीलाई आफ्ना हातबाट सम्मान प्रदान गर्न पाउँदा आफु गौरवान्वित बनेको प्रमुख अतिथि घिसिङले मन्तब्य क्रममा बताउनुभयो ।
    माफियाको कमिशनको प्रलोभनमा नपरी देशलाई लोडसेडिङ मसक्र राखेर जनताको सेव ागर्ने सच्चा देशभक्त राष्ट्रसेवक घिरिङले मन्तब्य राख्ने क्रममा पटक पटक बिजुलीको लाइन गएर अवरोध भएको थियो । त्यस क्रममा घिसिङले लोड सेडिङ हटाउन फेरि आफ्नो आवश्यकता प¥यो भने जिममेवारी निर्वाह गर्न आफू पछि नपर्ने पनि बताउनुभयो ।

    साहित्य, संगीत सिर्जना र वातावरण संरक्षणमा विशेष अभिरुचि राख्नुहुने भण्डारीका कयौं जनवादी गीत लोकप्रिय छन् भने कञ्चनजंघा एफएमबाट प्रशारित हुने काराबासका सन्देश, अन्तरवार्तामूलक समय सन्दर्भ, सीमाना पारि, कोरोना विशेष, डण्ट माइण्ड जस्ता कार्यक्रम अति नै चर्चित र लोकप्रिय छन् ।

    विषादी न्यूनीकरण र अग्र्यानिक आन्दोलनमा अग्रमोर्चामा लागेका भण्डारीले पत्रकारिताको माध्यमबाट लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिक अधिकारका लागि पुर्याएको योगदानको कदर गर्दै झापाको उत्कृष्ट नागरिक सम्मान समर्पण गरिएको सम्मान छनौट समितिका संयोजक एवम् अनारमनी पब्लिक क्याम्पसका प्राचार्य मोहन शिवाकोटीले जानकारी दिनुभयो ।
    राजा ज्ञानेन्द्रको शाही शासनकालमा २०६२¬¬।०६३ जन आन्दोलनका क्रममा बैशाख ६ गते झापाको सदरमुकाम चन्द्रगढीमा तत्कालिन शाही सेनाले गरेको बर्बर दमनको गोलीका पर्राका बीचबाट रिर्पोटिङ्ग गरेर शाहसिक पत्रकारिता गर्नुभएका भण्डारी पञ्चायती कालरात्रीका समयमा १० वर्ष कठोर जेल जीवन बिताउने झापाका एकमात्र पत्रकार हुनुहुन्छ । ०६३ को बैशाख ६गते भएको शाही दमनामा परि शहीद राजन गिरी र सुरज बिश्वासले उच्च शाहदात प्रप्त गर्नुभएको थियो ।
    कार्यक्रममा सम्मानित प्रतिभा भण्डारीले आफुले पाएको सम्मानबाट जिम्मेवारी बढेको बताउँदै देश र जनताको हितमा अझ क्रियाशील भएर आगामी दिनमा लाग्ने प्रतिबद्धता जनउनुभयो । कुलमान घिसिङ जस्ता निस्वार्थ देश र जनताको सेवा गर्ने देशभक्तलाई पाखा लगाएर केपी ओली सरकारले देश र जनताकाप्रति बेइमानी गरेको भण्डारी भनाई थियो ।
    मौलिक सनातनी र यहाँका रैथाने आदिवासी जनजातिका भाष, लिपी, धर्म, संस्कार र संस्ककृतिमाथि पश्चिमा डलरवालाहरुले गरीबी माथि खेलवाड गरेकोप्रति तीब्र असन्तुष्टि जनाउदै जनताले भोट हालेर शसन सत्तामा पु¥याएका वर्तमानका शासकहरु पश्चिमाका गुलाम बनेकोमा स्पष्टवक्त पत्रकार भण्डारीले दुःख व्यक्त गर्नुभयो ।
    वीरता जेसिजका पूर्व अध्यक्ष याम खड्काको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा विशेष अतिथि वरिष्ठ पत्रकार रामरिझन यादवले भव्य र बिशिष्ट समारोहहरुमा स्थानीय रैथाने समुदायको उपस्थिति र सहभागिता हुनु पर्नेमा जोड दिदैं सिमानतकृत समुदायको भाष लिपी, संस्कार र संस्कृतिको संरक्षणमा लाग्न आयोजकहरुलाई बिशेष आग्रह गर्नुभयो ।
    उत्कृष्ट नागरिक घोषणा भएसंगै पत्रकार भण्डारीलाई झापाका विभिन्न एकसय ३१ वटा संघ संस्थाले सामुहिक अभिनन्दन गर्दै सम्मान गरेका थिए ।
    जेसी बिशाल थापाले सञ्चालन गर्नुभएको सो कार्यक्रममा वीरता जेसीज बिर्तामोडले २०५२ सालदेखि हरेक वर्ष विभिन्न बिधामा क्रियाशील एक जना प्रतिभालाई उत्कष्ठ नागरिक घोषणा गर्दै सम्मान गर्दै आएको वीरता जेसीजका अध्यक्ष राजीव धिमालले बताउनुभयो ।।

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here