नेपाल लिकर्सको ‘मिस्टर डोवल्स नम्बर वान लक्जरी’ बजारमा,

0

काठमाडौं । नेपाल लिकर्स प्रालिले नयाँ ब्राण्ड ‘मिस्टर डोवल्स नम्बर वान लक्जरी’ बजारमा ल्याएको छ । स्मुदेस्ट नम्बर वन लक्जरी यहि साताबाट बजारमा सार्वजनिक गरिएको हो ।


कम्पनीका अनुसार यो ब्राण्ड ७५०, ३७५, र १८० मिलिलिटरको बोतलमा बजारमा उपलब्ध छ । यी ब्राण्डहरु क्रमशः ९२० रूपैयाँ, ४६० रूपैयाँ र २३० रूपैयाँ बजार मूल्यमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अध्यक्ष राजेशवीर सिंह तुलाधारले नेपाली बजारमा अन्तर्राष्ट्रीय ब्राण्डको स्वाद नेपाली उपभोक्तालाई सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यले ‘मिस्टर डोवल्स नम्बर वान लक्जरी’ लाई बजारमा ल्याइएको बताउनुभयो ।
विश्व प्रख्यात ब्राण्डहरुको उत्पादन गर्दै आएको नेपाल लिकर्स प्रालिले एन्टिक्वेटी, सिग्नेचर, रोयल च्यालेन्ज, ब्लू रीबन्ड जीन जस्ता ब्राण्डहरु उपभोक्ता माझ ल्याइसकेको छ । बिकास न्यूजबाट ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here