नेकपा (प्रचण्ड नेपाल)को झापा अध्यक्षमा रेग्मी

0

बिर्तामोड । नेकपा प्रचण्ड (नेपाल समुहको झापाको अध्यक्षमा बेदराज रेग्मी चयन हुनुभएको छ ।
रेग्मी नेकपाका बिभाजन हुनु अघि प्रदेश कमिटी सदस्य हुनुहुन्थ्यो । नेकपाका जिल्ला अध्यक्ष चिन्तन पाठक ओली पक्षमा लागेपछी नयाँ अध्यक्ष चयन गरिएको हो । सचिवमा भने तत्कालीन माओवादीका नेता मणिकुमार साम्पाङ रहनुभएको छ । नेकपाको प्रचण्ड–नेपाल समूहले ६८ जिल्लाको नेतृत्व चयन गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै विभाजित भएको नेकपा प्रचण्ड–नेपाल समूहले भागवण्डाका आधारमा ६८ जिल्लाका अध्यक्ष र सचिव चयन गरेको हो । बाँकी नौ जिल्लामा पनि छिट्टै नेतृत्व चयन गरिने प्रचण्ड–नेपाल समूहले जनाएको छ ।
६८ जिल्ला अध्यक्ष र सचिव चयन गरे पनि जिल्ला इन्चार्ज र सहइन्चार्ज भने तोक्न बाँकी छ । यसअघि प्रचण्ड–नेपाल समूहले पार्टी संगठनभित्र ५०–५० प्रतिशतको अनुपातमा भागवण्डा गर्ने गरी नौबुँदे मापदण्ड सार्वजनिक गरेको थियो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here