सहारा सहकारीद्वारा सदस्यलाई कोभिड सहायता रकम हस्तान्तरण

0


सुरुङ्गा । पूँजीगतरुपमा देशमै ठुलो सहकारी संस्थाको रुपमा स्थापित झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना एकसय १६ जना शेयर सदस्यहरुलाई कोभिड सहायता रकम हस्तान्तरण गरेको छ ।
शुक्रबार सुरुंगामा आयोजित कोभिड सहायता कार्यक्रम मार्फत कोरोनाका कारण निधन हुने तीनजना शेयर सदस्य र एकजना कर्मचारीका परिवारलाई ९ लाख ८७ हजार ३ सय ७३ रुपैया सहायाता रकम वितरण गरिएको छ ।
त्यसैगरी संस्थाका विभिन्न शाखा मार्फतमा सहारामा आवद्ध शेयर सदस्यहरु मध्येबाट कोरोना पोजेटिभ भई आईसोलेसनमा बसेका ९८ जनालाई १४ दिन दिने आसोलेसन भक्ता वापत जनही ७ हजारका दरले ६ लाख ८६ हजार रुपैया वितरण गरिएको छ । उपचारको लागि अस्पताल भर्ना भएका १४ जना शेयर सदस्यलाई १५ लाख ९७ हजार ७ सय ६३ रुपैया प्रदान गरिएको छ ।
बन्दाबन्दीको समयमा पनि अतिविपन्न लघुवित्तमा आवद्ध सदस्यहरुलाई खाद्ययन्न लगायतका अतिआवश्य बस्तु उपभोग गर्नेगरी ७ हजार ८ सय १६ जनालाई दुई करोड ६८ लाख २३ हजार रुपैया सापटी उपलब्ध गराएर उदाहरणिय संस्था बनेको सहारा साकोसले गत आर्थिक बर्षमा सदस्य हितका लागि १० प्रतिशत व्याज मिनाहमा ३ करोड ४५ लाख छुट प्रदान गरेको सहराका सचिव महेन्द्र गिरीले बताउनुभयो ।
‘कोभिड महासंकटको वेला सहाराले सदस्य बाहिर रहेका समुदायमा पनि उल्लेखनिय सहयोग उपलब्ध गराएको थियो । जस अनुसार प्रदेश सरकार, स्थानिय निकाय, जिल्ला विपद व्यवस्थापन समनवयन समिति संगको सहकार्यमा क्वारेनटाईनमा बसेका विभिन्न जिल्लाका व्यक्ती, झापाको दमकमा रहेको भूटानी शरणार्थी शिविरमा वसोबास गर्ने परिवार र प्रदेश १ का विभिन्न जिल्लामा रहेका विपन्न वर्गका परिवारमा निशुल्क खाद्ययन्न वितरण र सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामग्री गरि ५७ लाख ३५ हजार २ सय ५७ रुपैया राहत प्याकेज उपलव्ध गराएको थियो ।
समुदाय स्तरबाट स्थापना गरिएको पिसिआर ल्यावका लागि सहयोग उपलव्ध साथै कोरोना कहरका कारण व्यापार व्यवसाय चल्न कठिन भएको अवस्थालाई मध्यनजर गरेर १०.९९ प्रतिशत व्याजमा कर्जा उपलब्ध गराईएको जानकारी दिईएको छ ।
संस्थाका कार्यवहाक अध्यक्ष हरिप्रसाद निरौलाको अध्यक्षतामा आयोजित कार्यक्रममा कनकाई नगरपालिकाकी उपप्रमुख मञ्जु प्रसाईले प्रमुख अतिथिकोरुपमा सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रममा कनकाई नगरपालिका वडा नम्बर ३ का अध्यक्ष रुद्रप्रसाद चिमरिया, सुरुंगा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष भिम अधिकारी, लगायतका वक्ताहरुले सहारा साकोसले शेयर सदस्य र समुदायका लागि गरेका कामको प्रशंसा गर्नुभएको थियो । संस्थाका उपाध्यक्ष उपेन्द्र ओलीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन संस्थाका सञ्चालक शुक्र तामाङले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here