प्रधानमन्त्री गल्ती सच्याऊ

0

नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते असंवैधानिकरुपमा प्रतिनिधिसभा बिघठन गरेपछि नेपालको राजनीतिमा अस्थिरताको कालो बादल मडारिएको छ । लोकतन्त्र भनेको विधिविधान, लोकतान्त्रिक मूल्य, मान्यता, आदर्श र जनताको चाहनामा चल्ने शासनपद्धती हो । यस्तो व्यवस्थामा सत्तामा पुगेकाहरु मालिक र अरु नोकर भनने हुँदैन । सरकारमा बस्नेहरु भनेका जनताका सेवक हुन् लोकतन्त्रमा । सरकारमा बस्नेले जनयच्छा विपरितका कुनै काम गर्नु हुँदैन, गर्न पाउँदैन लोकतन्त्रमा । तर प्रधानमन्त्री केपी आलीले संविधानमा व्यवस्था नै नभएको, राजनैतिक र नैतिक हिसाबले पनि गर्नै नमिल्ने अधर्म गर्नुभएको छ, देश र जनताकाप्रति प्रतिनिधिसभा बिघठन गरेर । ओलीबाट ठूलो गल्तीमात्र होइन, पापकर्म नै भएको छ, नेपालको राजनीतिलाई स्थिर, समृद्ध र सुशासन कायम गराउने सवालमा । यो एक प्रकारको उपद्रव मात्र होइन, सैनयबल बिना नै संविधानमाथि गरिएको बलात्कार र कू नै हो ।
त्यसैले जस्ले गल्ती गर्छ, त्यसलाई सच्याउने दायित्व र कत्र्तव्य पनि उसैको हुन्छ । यस कारण प्रधानमन्त्री ओलीले देश र जनताका नाममा माफि माग्दै गल्ती सच्याउने प्रतिवद्धतासहित प्रतिनिधिसभा बिघठनको सिफारिष बदर गरिपाउँ भनी सममानित सर्वोच्च अदालतमा अनुरोधसहितको निवेदन दर्ता गराइहाल्नु पर्छ । यो पूण्यकर्ममा ओलीले एकदिन पनि ढिला गर्नु हुँदैन । तत्कालिन राजा ज्ञानेन्द्रले पनि त्यतिबेलाका प्रधानमन्त्री शेरबहादुर देउवाले दरबारको उक्साहटमा बिघठनका लागि सिफारिष गरेको प्रतिनिधिसभालाई तीवर्षपछि २०६३ सालमा पुनस्र्थापना गर्नुभएर गल्ती सच्याउनु भएको उदाहरण हाम्रासामु छँदैछ । यही गल्ती सच्याएर लोकतन्त्रका लागि मार्ग प्रसस्त गरेकै कारणले ज्ञानेन्द्रलाई अहिले पनि नेपाली जनताले आफ्नो देशमा बस्न दिएका छन् । भलै २४० वर्ष पुरानो उहाँको शाहवंशीय राजतन्त्रको बिरासतको अन्त्य भएपनि जनताले माफि दिएका छन् ।
ओलीले पनि अहिले ज्ञानेन्द्र पथको त्यही कदम चालेको भएपनि गल्ती सच्याएको खण्डमा माफि दिनसक्नेछन् । नत्र ओली र ओलीको प्रतिगामी कदमका मतियारहरुलाई स्वाभिमानी नेपाली जनताले दण्डित गरेरै छाड्नेछन् । दुइचार महिना सत्तामा रहुन्जेल चुरीफुरी चलेपनि यी प्रतिगमनाका मतियारहरुको २०७८ को बैशाख, जेठ पछि हालत, बेहाल र द्रर्गतीपूर्ण हुनेछ । सत्ताम हुनेको दम्भ भनेको क्षणिक हो । लोकतन्त्रमा जनताभन्दा शक्तिशाली कोही हँुदैन, हुनसक्दैन । ओली र ओलीको भजनमण्डलीले यो कुरा बुझ्न आवश्यक छ कि जनतालाई अलोकतान्त्रिक विधि र प्रक्रियाकबाट केही समय झुक्याउन, भुलाउन र सताउन सकिएला तर, अन्तिम बिजय फेरिपनि जनताकै हुनेछ भनने कुरा । तसर्थ प्रधानमन्त्री ओली प्रतिनिधिसभा बिघठनको अलोकतान्त्रि र असंवैधानिक कदम सच्याऊनुस् । जनताकासामु माफि माग र असमयमा हत्या गरिएको जननिर्वाचित सर्वोच्च संस्थाको पुनस्र्थापना गर्नुस् । शहीदको त्याग, जनताको बलिदान, निष्ठा, समपर्णको सम्मान गर्नुस । तत्काल गल्ती सच्याइइहाल्नुस् । यसैमा देश, जनता अनि तपाइको पनि भलो हुन्छ । गल्ती सच्याउनुस् प्रधानमन्त्री ओली । २०७७ फागुन ०५ गतेको सम्पादकीय टिप्पणी ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here