विर्तामोड उद्योग बाणिज्य संघको चुनाव काँग्रेस एक्लै भिड्दै नेकपा–राप्रपाको संयुक्त प्यानल

0

बिर्तामोड । आगामी फागुन १६ गते हुने बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनका लागि स्थापनकालदेखि बर्चश्व कायम राख्दै आएको नेपाली काँग्रेस निकट उद्योगी व्यवसायीले लोकतान्त्रिक व्यवसायिक एकल प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् भने नेकपा र राप्रपाको संयुक्त गठबन्धनमा बनेको संयुक्त व्यवसायी प्यानलले उम्मेदवार घोषणा गरेको छ ।
बुधबार विर्तामोडमा आयोजित एक कार्यक्रमका बीच सुवास भट्टराईको नेतृत्वमा उम्मेदवार सार्वजनिक गरिएको हो । चुनावका लागि संयुक्त गठबन्धनले नेकपाका तर्फबाट अध्यक्षमा व्यवसायी भट्टराई, वरिष्ठ उपाध्यक्षमा नारायण चिमरिया, वाणिज्य उपाध्यक्ष रामकृष्ण अधिकारी, जनसम्पर्क उपाध्यक्षमा उर्मिला बिमली खरेल, महासचिवमा अर्जुन मैनाली, उद्योग सचिवमा धनबहादुर डाँगी र कोषाध्यक्षमा दुर्गा थपलियाको उम्मेदवारी घोषणा गरिएको छ ।
त्यस्तै, नेकपाबाट सदस्य पदमा विसन लिम्बू, गुञ्जन प्रसाईं, गारीशंकर गुप्ता, भगिरथ लुइँटेल, उदय शाह तथा महिला सदस्यमा रुचि शिवाकोटीको उम्मेदवारी तय भएको छ ।
राप्रपाका तर्फबाट उद्योग उपाध्यक्षमा प्रकाश घिमिरे, वाणिज्य सचिवमा कृष्ण पौडेल, सहकोषाध्यक्षमा रञ्जु प्याकुरेल, महिला सदस्यमा सोनी अग्रवाल, खुल्ला सदस्यमा सूर्यकुमार खतिवडा र गोविन्द कार्की रनुभएको छ ।
नेकपा नेता रोमणि भट्टराईको अध्यक्षतामा सम्पन्न संयुक्त गठबन्धनको उम्मेदवार घोषणा सभालाई नेकपा १ नम्बर प्रदेशका इन्चार्ज देवराज घिमिरे, नेकपा झापा सचिव विजय सम्पाङ, बिर्तामोडका पुराना व्यवसायी नेता वेदप्रकाश अग्रवालले शुभकामना मन्तव्य राख्नुभएको थियो । । कार्यक्रमको सहजीकरण प्रचारप्रसार समितिका संयोजक गोपाल काफ्लेले गर्नुभएको थियो ।


यता लोकतान्त्रिक व्यवसायिक प्यानलका तर्फबाट प्रकाश शिवाकोटीको र्नेृत्वमा बुधबार नै उम्मेद्वाारहरुको टिम घोषणा गरिएको छ ।
लोकतान्त्रिक व्यवसायिक प्यानलको वरिष्ठ उपाध्यक्षमा राजु न्यौपाने, उद्योग उपाध्यक्ष सञ्जीव घिमिरे, वाणिज्य उपाध्यक्षमा राजकुमार घिमिरे, जनसम्पर्क महिला उपाध्यक्षमा नैनकला भट्टराई, महासचिवमा रविन्द्र भट्टराई, उद्योग सचिवमा कुशल खतिवडा, वाणिज्य सचिवमा राजकुमार साह, कोषाध्यक्षमा दिपेन्द्र राउत र सहकोषाध्यक्षमा राधिका चुडाल हुमागाँई उम्मेद्वार बन्नु भएको छ ।
त्यसैगरी महिला सदस्यमा तिलोत्तमा खत्री र तुलसा ढकाल उम्मेद्वार बन्नु भएको छ । यसरी नै खुल्ला सदस्यतर्फ लोकतान्त्रिक प्यानलबाट विशाल थापा, सनी गोयल, विकास बस्नेत, दिपक अग्रवाल, मनोज रौनियार, पुकार बराल र बलराम सिटौला (राम) उम्मेद्वार रहनु भएको छ ।
लोकतान्त्रिक प्यानलको उम्मेद्वारी घोषणासभामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीले विर्तामोडका उद्योगी, व्यापारी, व्यवसायी र आम उपभोक्ताको हितका निमित्त लोकतान्त्रिक व्यवसायिक प्यानलका सबै उम्मेद्वारलाई विजयी गराउन आह्वान गर्नुभयो ।
त्यसैगरी नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाले नेपालको उद्योग व्यवसाय क्षेत्र उदार अर्थतन्त्रमा विश्वास राख्ने लोकतन्त्रवादी उद्योगी व्यवसायी र व्यापारहिरुले नै थामेको हुँदा लोकतान्त्रिक व्यानलको जीत सुनिश्चित रहेको बताउनु भयो ।
देउमान थेवेले उम्मेद्वारको नामावली घोषणा गर्नुभएको सभामा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशवराज पाण्डेसहितले सम्बोधन गर्नुभएको कार्यक्रमको सञ्चालन विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले गर्नुृभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here