न्यायलयले स्वच्छ छवि बनाइ राख्नुपर्छ ।

    0

    चन्द्रगढी । नेपाली काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले न्यायलयका न्यायधिसहरुले राष्ट्र र जनतालाई केन्द्रमा राखेर देश बचाउने र जनता जोगाउने फैसला गर्नुपर्छ भन्नुभएको छ ।
    नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा बिघठन गरेपछि पुनस्र्थपनाको माग राखी सर्वोचचमा परेको रिटको फैसलामा भएको ढिलाईप्रति संकेत गर्दै नेपाल सरकारका पूर्व गृह तथा उप प्रधानमन्त्री समेत रहनुभएका नेता सिटौलाले सरकारले गलत गरेको कुरालाई समेत सच्याएर देशलाई निकास दिने कुरामा न्यायाधिसहरुले खुट्टा कमाउन नहुनेमा जोड दिनुभयो ।


    नेपाली काँग्रेसले आज सोमबार झापाको सदरमुकाम चन्द्रगढीमा आयोजना गरेको बृहद् बिरोध सभामा बोल्दै काँग्रेसका पुर्व महामन्त्री सिटौलाले भन्नुभयो, ‘यो सामान्य घट्ना होइन, यो जनताले बनाएको लोकतान्त्रीक संविधान नै भंग गर्ने कार्यको प्रारभ्भ हो ।’
    नेता सिटौलाले प्रधानमन्त्री केपी शर्मा ओलीले गभ्भिर गल्ती गरेको र तत्काल आत्मा आलोचना गरेर गल्ती सच्याउन पनि प्रधानमन्त्रीलाई आग्रह गर्नु भयो । ‘यो ब्यवस्था तपाइले मनपरी गर्न नेपाली जनताले रगत बगाएर ल्याएको होइन’ प्रधानमन्त्रीलाई लक्षीत गर्दै सिटौलाले भन्नुभयो, ‘संविधानको रक्षा गर्नकै लागि पनि अब संसद पुनस्थापना हुन्छ, संविधानको रक्षा गरेरै छाड्छौं । सेटिङ फेटिङ जान्दैनौं, संसद विघटन मान्दैनौं ।’
    केपी ओलीको मानसिक सन्तुलनप्रति शंका प्रकट गर्दै सिटौलाले भन्नुभयो , देशलाई भड्खालोमा हालेर जनतालाई दुःख दिने काम कुनैपनि सद्दे दिमाग भएको नेताले गर्नसक्दैन, त्यसैले ओलीको मति बिग्रिएको छ ।,, ओलीलाई सललाह दिनेले पनि गलत सल्लाह दिइरहेको बताउँदै सिटौलाले भन्नुभयो( ,, ओलीले यो कमद सच्याउने कदम चालेनन् र न्यायलयले पनि ओलीको गलत कदमलाई सदर ग¥यो भने देश महा संकटमा फस्नेछ ।,,
    प्रधानमन्त्रीको असंवैधानिक कदम सर्बोच्च अदालतले रोक्ने पनि सिटौलाले बिश्वास ब्यक्त गर्नु भयो । ‘संसद विघटन भयो भने संविधान नै जोखिममा पर्छ’ सिटौलाले भन्नुभयो,‘अदालतले संविधान ट्रयाकमा ल्याउन पनि संसद पुर्नस्थापना गर्छ अनि संविधान ट्रयाकमा आउँछ ।’
    बिरोध सभामा बाल्दै काँग्रेस केन्द्रीय सदस्य सुधिरकुमार शिवाकाटीले भाषण गरेर हिड्दैमा बलात्कारी र हत्यारा नियन्त्रणमा नआउने बताउनु भयो । प्रधानमन्त्रीको पछिल्ला भाषणका बिषय उठाउँदै न्याय खोजीरहेका परिवारलाई प्रधानमन्त्रीको भाषणले न्याय दिलाउन नसक्ने शिवाकोटीले बताउनु भयो ।
    काँग्रेस केन्द्रीय सदस्य दिलिप राइले सत्ता र भत्तामा रमाएको सरकारले जनताको हितमा काम गर्न नसक्ने बताउनु भयो । काँग्रेसका अर्का केन्द्रीय सदस्य भारतेन्त्र कुमार मल्लीकले केपी ओली नेतृत्वको सरकार जनताको प्रगतीको बाधक भएको बताउनु भयो ।
    नेपाली काँग्रेस झापा क्षेत्र नं. ३ का सभापति गणेश पाखरेलले स्वागत मन्तब्य राख्दै भद्रपुरस्थी नेपाल भारत सिमानाका तत्काल खुला गर्न पनि सरकारलाई आग्रह गर्नुभयो । पोखरेलले चन्द्रगढीमा निर्माण अधुरो रहेको गिरिजा प्रसाद कोइराला स्मृति भवनको निर्माण सम्पन्न गर्न पनि तत्काल बजेटको ब्यवस्था गर्न माग गर्नु भयो । काँग्रेस झापाका सभापति उद्धब थापाको अध्यक्षतामा भएको बिरोध सभा सचिव प्रेम सम्बाहाम्फेको सञ्चालनमा सम्पन्न भएको थियो ।।

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here